बहराईच, बांके र बर्दियाका सुरक्षा अधिकारीबिच काउन्टर पार्ट समन्वय बैठक
गुलरिया, ६ माघ । बहराइच जिल्लाका डिस्टृक मजिस्ट्रेट मोनिका रानी (IAS) को निमन्त्रणामा बहराईच , बांके र बर्दियाका सुरक्षा अधिकारीहरु बिच काउन्टर पार्ट सुरक्षा समन्वय बैठक संपन्न भएको छ ।
२२ जनवरिमा अयोध्यामा हुने श्रीराम मन्दिर प्राण प्रतिस्ठा र २६ जनवरीमा हुने भारतिय गणतन्त्र दिवसको सुरक्षा संवेदनशिलतालाई संबोधन गर्न security , law & order लाई सुदृढ बानाउन आवस्यक सूचनाको आदान प्रदान गर्ने , ट्रान्स बोर्डर क्राइम नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरुले आपसि समन्वयमा कार्य गर्ने जस्ता पक्षहरुमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
काउन्टर पार्ट सुरक्षा समन्वय बैठक पछि दुवै देशका सुरक्षा अधिकारीद्वारा जमुनाह स्थित सिमा नाका र सिमा स्तम्भहरु को अनुगमन / निरिक्षण समेत भएको छ । भारतिय पक्षको नेतृत्व मोनिका रानी (DM) ले गर्नु भएको, नेपाली पक्षको नेतृत्व प्रजिअ बांकेबाट भएको छ ।
१९ °C काठमाडौं
Facebook Comments