• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौं देश

टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । 

जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्निपर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।

जापानको अन्तरिक्ष एजेन्सी स्लिमले  आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ। बिविसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर चिनिने आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको जनाएको उल्लेख गरेको छ।
 

सम्बन्धित समाचार

Facebook Comments