• १२ वैशाख २०८३, शनिवार
  • २० °C काठमाडौं
बर्दियामा जंगली हात्तीको आक्रमणबाट मधुवनका २ महिला घाईते

विष्णु अधिकारी, ५ माघ, गुलरिया (बर्दिया) । जंगली हात्तीको आक्रमणमा परि बर्दियामा २ जना महिला गम्भीर घाईते भएका छन् । मधुबन नगरपालिका वडा नम्बर १ दुर्गानगर बस्ने ५२ बर्षकी सिता थारु र ३१ बर्षिय शुशिला चौधरीे घाइते भएका हुन् । 

दुर्गा सामुदायिक बनमा दाउरा काट्न गएको अबस्थामा जंगली हात्तीले आक्रमण गरी घाईते वनाएको बर्दिया प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सिताको टाउकोमा तथा सुशिलाको टाउको छाती र हातखुट्टामा चोट लागेको छ । घाईते दुबैको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो । 

घाईते मध्ये एकजनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज लगीएको परिवारले जानकारी दिएका छन् । घर नजिकको सामुदायीक वनमा दाउरा खोज्न जाँदा हात्तीले आक्रमण गरि घाईते वनाएको स्थानीय सावित्री दहितले वताउनु भयो । बर्दियामा पछिल्लो समय जंगली जनावरको आक्रमण परि घाइते तथा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जंगली जनावरका कारण स्थानीयहरु त्रसित बन्दै गएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments