• ९ वैशाख २०८३, बुधवार
  • ३० °C काठमाडौं
बर्दियाका दुवै कृष्णसार यायातात प्रा.लि गाभिए, रवि मल्ल ठकुरी अध्यक्ष

विष्णु अधिकारी, ४ माघ, गुलरिया (बर्दिया) । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.ली र कृष्णसार यातायात व्यवसायी प्रा.लि. विधिवत रुपमा गाभिएका छन् । दुवै ब्यवसायी एउटै संस्थामा समाहित भए उप्रान्त बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रा.लि मार्फत यातायात सञ्चालन गर्ने भएका हुन् ।

दुवै समिति एक भए पश्चात रवि मल्ल ठकुरी नयाँ अध्यक्ष चयन भएका छन् । व्यवसायीहरुले रवि मल्लको नेतृत्वमा ऐतमाद अलि सैयद प्रबन्धक, बिवेकानन्द पाठक कम्पनी सचिव र सन्त बहादुर ज्ञवाली प्रशासनिक सचिव, प्रकाश टण्डन आर्थिक प्रमुख, अजय थारु द्र्रुघटना प्रमुख, चयन भएका छन् । त्यस्तै उच्च स्तरिय समितिमा शम्भुप्रसाद रिजाल, मोहनलाल श्रेष्ठ, भूमिदत्त शर्मा, पिताम्बर श्रेष्ठ र चन्द्रबहादुर बानिया चयन भएका छन् । संस्थाको कानूनी प्रकृया पूरा गर्न दुवै संस्थाका निवर्तमान अध्यक्षहरुलाई जिम्मेवारी दिईएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको रोहवरमा समिति एक भएका छन् । कृष्णसार यातायात व्यवसायी प्रा.लि, गुलरिया बर्दियाका अध्यक्ष शम्भु रिजाल र कृष्णसार यातायात प्रा.लि. का अध्यक्ष मोहनलाल श्रेष्ठले पत्रकार सम्मेलन गरि आजबाट यातायात समिति एकिकृत गरि कृष्णसार यातायात व्यवसायी प्रा.लि. मा समाहित भएको जानकारी दिनुभएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालय बर्दियामा २०५७ सालमा दर्ता भएको कृष्णसार यातायात व्यवसायी संघ नेपाल सरकारद्धारा प्रा.लि. मा रुपान्तरण गराउने बेलामा विभाजित भएको कृष्णसार यातायात व्यवसायी संघ बर्दियाका अध्यक्ष शम्भु रिजालले जानकारी दिनु भएको थियो । दुबै यातयात व्यवसायीहरु अलग अलग संचालनहुदै आएकोमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघको एकद्धार प्रणाली अनुसार संचालन गर्न आफुहरु राजी भएको कृष्णसार यातायात प्रा.लि.का अध्यक्ष मोहन लाल श्रेष्ठले बताउनु भयो । व्यवसायीका समस्यालाई अध्ययन गरि दुबै यातायात समितिका पदाधिकारीहरुलाई एकै ठाउँमा राखी व्यवसायी एकताका लागि प्रा.लि. समाहित गरि सम्पुर्ण सवारी साधन डायल प्रक्रियाबाट सन्चालन गर्ने सहमती भएको श्रेष्ठले बताउनु भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायीहरु राज्यको दोहोरो नितिका कारण पलायन हुने अवस्थामा पुगेको बताउनु भएको छ । यातायात दुर्घटनाका कारण हुने जनधनको क्षतिका लागि राज्यले ऐनमा मृत्यु भएमा ५ लाख २५ हजार रुपैया र घाइतेको उपचार खर्चका लागि ३ लाख उपलब्ध गराउने व्यवस्था भएता पनि राजनैतिक दलका नेताहरुको गलत भुमिका कारण आफुहरु मारमा परेको वहाँको तर्क छ । उपाध्यक्ष सिटौलाले कानुनमा प्रष्ट व्यवस्था भएता पनि कानुन लागु गराउने निकायबाट नै तपाईहरु मिलेर आउनुस भन्नुको तात्पर्य आफुहरुले बुभ्mन नसकेको वहाको भनाई छ । राज्यले दुर्घटनामा कति तोक्ने हो प्रष्ट कानुन बनाएर नै तोकोस र विमा प्रधाधिकरणको पोलिसी ल्याउन सिटौलाले आग्रह गर्नु भएको छ । 

सवारी दुर्घटनाको कारण पक्राउ गरिएको गाडी २४ घण्टा भित्र छाड्नु पर्ने यदि नछाडेमा राज्यले दैनिक ३ हजार यातायात व्यवसायीलाई हर्जाना दिनु पर्ने कानुनले तोकेपनि सो अनुसारको रकम राज्यले नदिएको गुनासो गर्नुभयो । दुर्घटनामा परेकालाई क्षतिपुर्ति दिन वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात व्यवसायीलाई निर्देशन दिनु भएको छ । यदि त्यसो नभएमा आफुहरु ऐनमा भएको कानुनी उपचार खोज्न न्यायालय जान बाध्य हुने बताउनु भएको छ । सिटौलाले यातायात व्यवसायीहरुको साधन गुड्ने राष्ट्रिय राजमार्ग बुटवल देखि नारायणघाट सम्मको सडक ५ बर्ष सम्म पनि बन्न नसकेका कारण समयमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउन कठिनाई पर्ने गरेको बताउँदै सवारी साधनमा क्षतिसँगै द्रुर्घटनाको कारण बनिरहको वहाँको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments