• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
मृतक सदस्यको परिवारलाई कर्जा विमा बापतको रकम हस्तान्तरण

बर्दिया । हिमालय लघुवित्त संस्थाले मृत्यु वरण गरेका ऋणी सदस्यका परिवारलाई ऋण बिमा बापतको रकम हस्तान्तरण गरेको छ । सदस्य श्रीमतीको मृत्यु पश्चात श्रीमानलाई विमा बापतको चेक हस्तान्तरण गरिएको हो ।

हिमालयन लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय गुलरिया १ खैरापुरकी सदस्य मिरा बन्जाराको असोज १५ गते मृत्यु भएपश्चात श्रीमान ईन्द्रराज बञ्जाराले विमा दाबी गर्नु भएको लघुवित्त संस्थाकी कनिष्ठ सहायक वसुन्धरा पोख्रेलले जानकारी दिनुभयो । मृतकको पतिले मंसिर ४ गते विमा दावीको लागि मृत्यु दर्ता सहितको कागजात कार्यालयमा पेशगर्नु भएको थियो । कम्पनीले कर्जाको विमा भुक्तान गरिदिए पश्चात शाखामा कार्यरत कर्मचारी शाखा प्रवन्धक विनोद पोख्रेल तथा फिल्ड कर्मचारी गणेश चौधरीको स्वामित्वमा ईन्द्रराज बन्जारालाई उहाँको तिर्नुपर्ने रकम भुक्तान गरी बाँकी बचेको रकम २१ हजार ७५५ चेक मार्फत हस्तान्तरण गर्नुभएको उहाँको भनाई छ । 

लघुवित्तले बचत तथा कर्जाको कारोवार मात्र नभई उपभोग गर्दा कर्जाको विमा पनि गरिदिने ब्यवस्था रहेको लघुवित्त संस्थाका शाखा प्रमुख विनोद पोख्रेलले जानकारी दिनुभएको छ । संस्थाले सदस्यको हितमा कामगर्ने पनि बताउनु भयो । हिमालय लघुवित्त वित्तिय संस्थाको केन्द्रिय कार्यालय चावहिल काठमांडौमा रहेर नेपालभर शाखा संचालनमा रहेको छ । संस्थाले ७५ वटा शाखाबाट करिव ७६ हजार सदस्यलाई बचत तथा कर्जाको सेवा दिंदै आएको प्रमुख पोख्रेलको भनाई छ । संस्थाले बचत विना धितोकर्जा तथा धितो कर्जाको सुविधा सदस्यहरुले उपभोग गर्न मिल्ने ब्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments