• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
द्वन्द प्रभावितको गुनासो : संक्रमणकालिन न्यायमा सरकारले ध्यान दिएन

मुरली गोडिया, २९ पुष, गुलरिया (बर्दिया) । बर्दियाका द्वन्द प्रभावित परिवारका सदस्यहरुले राज्यले आफुहरुको विषयमा चाँसो नदिएको गुनासो गरेका छन । १० वर्षे शसस्त्र विद्रोहको समयमा बेपत्ता तथा मृतकका परिवारका सदस्यलाई राज्यको कुनैपनि तहले न्यायोचित व्यवस्था नगरेको उनीहरुले गुनासो गरेका हुन् । 

द्वन्दबाट प्रभावित परिवारका सदस्यहरुको अवस्थालाई स्थानिय सरकारले समेत नबुझेको महसुस भएको बाँसगढी नगरपालिकाकी प्रभावित परिवारकी सदस्य सरिता चौधरीले गुनासो गरिन । बेपत्ता पारिएका परिवारका सदस्यहरुको शिक्षा, रोजगारी, व्यवसाय लगायतको विषयमा राज्य गम्भिर नभएको उनको भनाई थियो । संक्रमणकालिन न्यायको विषयमा राज्यले ध्यान नदिएको बेपत्ता परिवारकी सदस्य सरिता चौधरिको गुनासो छ । चौधरीले सवै प्रकारका मानिसका लागी दुःख विसाउने थलो नभएको भन्दै द्वन्द प्रभावित परिवारका सदस्यले पिडा पोख्ने स्थानका रुपमा शान्ती केन्द्र स्थापना गर्न स्थानीय सरकार समक्ष माग गरेकी छिन । 

थारु महिला उत्थान केन्द्रद्वारा संचालित लैङ्गिक न्यायप्रती जवाफ देहिता कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय शान्ती सम्बादमा चौधरीले यस्तो माग गर्नु भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी यातना पीडित सदस्य प्रीयसी थारुले आफनो पेशाको दीर्घकालिन रुपमा सन्चालन गर्न सक्ने बाताबारण बनाई दिन स्थानिय निकाय संग आग्रह गरिन् । ब्यवसाय संचालन गर्नमा स्थानिय तहले सहयोग गर्नु पर्ने भन्दै घरमा भएका बालबालिकाको शिक्षा स्वास्थ्यको बिषयमा समेत गम्भीर हुन जरुरि रहेको उनको भनाई छ । शान्ति संवादमा जिल्लाका ५ वटा पालिकाका द्वन्द प्रभावित परिवारका सदस्यहरुले शिक्षा, रोजगार, कृषि, ब्यवसाय लगाएतका विषयमा कार्य गर्नु पर्ने भन्दै  स्थानीय सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । 

प्रभावित परिवारका सदस्यको सीप बिकासगर्दै आएको कृषि पेशाका लागी आधुनिक कृषी यन्त्रमा अनुदान दिन समेत माग गरेका छन । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले राज्यले सुबिधाहरु दिन नसकेको स्वीकारोक्ती दिए । विभिन्न राजनैतिक दलहरुले बेपत्ता परिवारको समस्या तथा संक्रमणकालिन न्यायको विषयलाई चाँडै निकास दिनुपर्ने आवश्यकता रहेको जोड दिए । संघ संस्थाहरुले एकिकृत गरि द्वन्द प्रभावित परिवारका सदस्यले सधैं भावना पोख्ने मात्र नभई समाधान हुने गरि खबरदारी गर्नु पर्ने सुझाव दिए । पटक पटक छानविन आयोग मात्र बन्ने गरेको तर समस्या समधान हुन नसकेको भन्दै पीडित परिवारले दबाब दिन आवश्यक रहेको रिजालको भनाई छ ।  

सम्बन्धित समाचार

Facebook Comments