वाइवाइ छैठौं बाँसगढी महोत्सवको तयारी पूरा
विष्णु अधिकारी, २७ पुष, गुलरिया (बर्दिया) । कृषि, पर्यटन, उद्योग व्यापार तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामीसवैको अभियान भन्ने मूल नाराका आईतबारदेखि बर्दियाको बाँसगढीमा वाइवाइ छैठौ बाँसगढी औधोगिक, कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव शूरु हुँदैछ । मुख्य आयोजक बाँसगढी उद्योग वाणिज्य संघ रहेको महोत्सव पौष २९ देखि माघ ९ गते सम्म चल्नेछ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी बजारमा महोत्सव संचालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बाँसगढी उद्योग वाणिज्य संघ, बर्दियाका अध्यक्ष बद्रि बरालले कृषि, औद्योगिक तथा पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधनगर्दै आर्थिक वृद्धि तथा विकास गरि स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तििरक बजार सुदृढ गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । महोत्सवले स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथै बाँसगढी नगरपालिकालाई राष्ट्रिय स्तरमा पहिचान गराउने खालका प्रर्दशनी समेत महोत्सवमा गरिने उहाँको भनाई छ ।
थारु वाहुल्यता रहेको बर्दिया जिल्लाको थारु संस्कृतिलाई जगेर्ना गर्नै उद्धेश्यले थारु साँस्कृतिक नृत्य प्रतियोगिता समेत गरिने सम्मेलनमा जानकारी गराईएको छ । संचालन हुने महोत्सवमा १ सय २० स्टलहरु रहने छन् । बासगढी उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई मेला अवलोकन गर्न कुनै शुल्क तिर्न नपर्ने जानकारी दिईएको छ । भोली देखि संचालन हुने महोत्सवका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments