• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
बढैयाताल प्रथम प्रादेशिक महोत्सबको भब्य उदघाटन 

दलबहादुर सुनार, २६ पौष, बढैयाताल (बर्दिया) । बढैयातालमा प्रथम प्रादेशिक ब्यापार तथा माघी महोत्सब बिहिबार भब्य रुपमा उद्घाटन भएको छ । कृषि पर्यटन उद्योग, ब्यापारको प्रबद्र्धन र रोजगारी : प्रादेशिक महोत्सब ०८० बढैयाताल बर्दियाको चिनारी भन्ने मूलनाराका साथ बढैयातालको मैनापोखरमा कृषि सांस्कृतिक पर्यटन औधोगिक ब्यापार तथा माघी महोत्सब समुद्घाटन भएको हो । 


समारोहका प्रमुख अतिथि बर्दिया क्षेत्र न १ का संघिय सांसद सञ्जय कुमार गौतमले समारोहको उद्घाटनगर्दै बढैयातालको मौलिकता, प्राकृतिक सम्पदा र परम्परागत संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । हजार बिगाह भन्दा धेरै जग्गा रहेको कपास बिकासको जग्गामा एग्रो पोलिटेक्निक बनाउन सकेमा रोजगारको सृजना गर्न सकिने उहाँको भनाई छ । आफूले सुन्दर बर्दियाको कल्पना गरेकोले बर्दियाको समृद्धि र बिकासको लागि सांसदमा आवाज उठाउदै आएको स्मरण गराउँदै भ्रष्टाचारमुक्त शुसाशन युक्त समाज बनाउन सकेमा मात्र देशमा समृद्धि ल्याउन सकिने सांसद गौतमले जिकिर गर्नुभयो ।   


उद्योग बाणिज्य संघ बढैयातालको आयोजनामा बिहिबारदेखि माघ ७ गते सम्म सञ्चालन हुने महोत्सबको उद्देश्य माथि प्रकासपार्दै महोत्सब मुल समारोह समितिका संयोजक तथा बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले समृद्धि र बिकासको लागि बढैयातालको पहिचान गराउने उद्देश्यले महोत्सबको आयोजना गरेको बताउनु भयो । समग्र बर्दियाको बिकास बढैयातालबाट शुरु हुने भन्दै कृषि, पर्यटन र उत्पादित बस्तुको बजारीकरण गर्न सकेमा मात्र बढैयातालका जनतालाई पाल्न सकिने संयोजक लामिछानेले जिकिर गर्नु भयो । बैंकको चर्को ब्याज र खुल्ला सिमानाको कारणले यहाँका उद्योगि ब्यापारी धरापमा परेको भन्दै खुल्ला सिमाना नियन्त्रण गर्न र बढैयाताललाई पर्यटनको रुपमा पहिचान गराउन स्थानिय सरकार, प्रदेश सरकार र संघिय सांसद लगायत सबै सरोकार वालाहरुले भुमिका खेल्नु पर्नेमा लामिछानेले जोड दिनु भएको छ ।   


महोत्सबको उद्धघाटन समारोहलाई भब्य र सभ्य बनाउन स्थानिय लोक सांस्कृतिक झल्कने भेष भुषामा झाकी र्याली र मार्च पास सहित महोत्सब स्थलमा प्रर्दशन गरिएको थियो । समारोहमा संघीय सांसद लक्ष्मी तिवारी, बर्दियाका प्रदेश सभा सदस्य जन्मजयन तिमिल्सिना, भुवनेश्वर चौधरी, उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारी लगाएतले महोत्सबको शुभकामना मन्तब्यराख्दै महोत्सबले बढौतालको पहिचान सहित पर्यटन, समृद्धि र बिकासमा सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभएको छ ।


मुख्य प्रायोजक शर्मा एण्ड कम्पनी, सह प्रायोजक भुषाल ईन्टरनेशनल, प्रायोजकमा सीटीजन्स बैंक ईन्टरनेशनल, ग्लोबल आइ.एम.ई बैंक, बर्दिया एकेडमी, स्थानिय सहकारी सञ्जाल, साना किसान सहकारी मैनापोखर, कालिका सामुदायिक बन सञ्जाल लगाएतका संघ संस्थाको सहयोग रहेको छ ।   माघ ७ गते सम्म सञ्चालन हुने महोत्सबमा राष्ट्रिय तथा स्थानिय चर्चित ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुति रहने र बिभिन्न मनोरञ्नात्मक खेलका साधन, थारु गाउँ, स्थानिय उत्पादनका सामाग्री लगाएतका स्टल रहेको संयोजक लामिछानेले जानकारी दिनुभयो । 


उद्योग बाणिज्य संघ बढैयातालका माहासचिब दिपक खनाल गायिका राशी रिजालले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण रेग्मीले स्वागत गर्नु भएको उद्धघाटन कार्यक्रममा बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, राजनितिक पार्टीका अध्यक्ष, वडाध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधी, उद्योगी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष, ब्यापारी, संघ सस्थाका प्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष, सामुदायिक बन सञ्जाल, स्थानिय बिद्यालयका शिक्षक बिद्यार्थी, छिमेकी पालिकाका उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार लगायत उद्योगी ब्यापारी स्थानियको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments