• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
बारबर्दिया नगरका कृषकहरुलाई कृषिजन्य सामाग्री 

बारबर्दिया, २६ पौष । बारबर्दिया नगरपालिकाका कृषक समुहलाई कृषिजन्य सामाग्री हस्तान्तरण गरिएको छ । बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र थारु महिला उत्थान केन्द्र बर्दियाको साझेदारीमा जयनगरमा सामाग्री हस्तान्तरण गरिएको हो । 


बारबर्दिया नगरपालिका भित्रका १४ वटा कृषक समुहलाई कृषि टनेल निर्माण सामाग्री, तरकारीका बिउ तथा मल र प्लाष्टिक क्रेट गरि करिब ११ लाख ६७ हजार ४५ रुपैयाँ बराबरको समाग्री हस्तान्तरण गरिएको छ । बारबर्दिया नगरपालिकाका वडा नम्बर २, ४, ६, ८, १० र ११ का ५० जना कृषकलाई टनेल सेट र ५८ जनालाई बिउ, ड्रम र क्रेट गरी १ सय ८ जना कृषकहरुलाई बितरण गरिएको छ । कृषकहरुलाई ब्यबसायिक कृषि तथा पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नका लागि कृषिजन्य सामाग्री बितरण गरिएको हो । बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले कृषिजन्य सामाग्री कृषकहरुको हौसला प्रदान गर्नका लागि उपलब्ध गराएको बताउनु भएको छ । 


बितरित सामाग्री कृषकहरुलाई भरपुर रुपमा प्रयोग गर्न आग्रह गर्नु भएको छ । कृषकहरुलाई कृषिजन्य बस्तु उत्पादन गरे पालिकाले नै बजारको ब्यबस्था गरिदिने बताउनु भयो । बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले कृषकहरुलाई बेमौषमी खेति प्रणालीलाई प्रथामिता दिनुपर्ने बताउनु भयो । बजारमुल्य पाउनका लागि सिजनल भन्दा बेमौषमी खेतिमा बढि आम्दानी गर्न सकिने भएकोले त्यसतर्फ लाग्नु पर्ने उहाँको भनाई छ । बारबर्दिया नगरपालिकाले कृषकहरुको उत्पादन गरेका बस्तुलाई संरक्षण र सुरक्षित गर्नका लागि कोल्डस्टोर निर्माण गर्ने तयारीमा रहेको बताउनु भयो ।  


बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले कृषि उत्पादन बृद्धि गरेर निर्यात गर्न सक्ने बारबर्दियामा क्षमता रहेको औल्याउनु भयो । बारबर्दियामा उत्पादन गरेका कृषिजन्य बस्तुको ब्राण्ड बनाएर निर्यात गर्न सके बारबर्दियाको समबृद्धिका लागि सुखद यात्रा हुने उहाँको भनाई छ । बारबर्दिया नगरपालिकामा हेफर प्रोजेक्ट नेपाल र बारबर्दिया नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र थारु महिला उत्थान केन्द्र बर्दियाको साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना बारबर्दियामा संचालनमा रहेको छ । उक्त परियोजनाले गरेका काम तथा उक्त वितरित सामाग्रीको बारेमा परियोजनाका परियोजना संयोजक किशोर चौधरीले जानकारी गराउनु भएको छ ।   

सम्बन्धित समाचार

Facebook Comments