• ९ वैशाख २०८३, बुधवार
  • ३० °C काठमाडौं
सुनको भाउ पनि घट्यो

काठमाडौ, २६ पुस । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो । सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको भाउ भने स्थिर रहेको माहासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोहीमूल्यमा चाँदीको कारोबार भएको थियो।
 

सम्बन्धित समाचार

Facebook Comments