• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
क्यानले सन्दीपलाई गर्यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

काठमाडौं, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । 

सम्बन्धित समाचार

Facebook Comments