बर्दियामा परिवार नियोजनको बन्ध्याकरण शिविर
प्रमिला चौधरी, २६ पुष, गुलरिया (बर्दिया) । स्वास्थ्य कार्यालय बर्दियाको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को प्राविधिक सहयोगामा बर्दियामा निःशुल्क स्थायी महिला तथा पुरुष बन्ध्याकरण शिविर हुँदैछ । बर्दियाका सबै पालिकामा हुन लागेको शिविर पुष महिनाभर संचालन रहनेछ ।
पुष ५ गते देखि २६ गतेसम्म बन्ध्याकरण शिविर संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । कार्यालयका अनुसार सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रमा पुष ५गते, नगर अस्पताल बाँसगढीमा ७ गते, धधवार स्वास्थ्य चौकीमा ९ गते, बनियाभार स्वास्थ्य चौकीमा पुष ११ गते शिविर संचालन हुने जनाईएको छ ।
त्यस्तै आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारामा पुष १३ गते, बगनाह स्वास्थ्य चौकीमा १५ गते, ढोढरी स्वास्थ्य चौकी १७ गते, पाताभार स्वास्थ्य चौकीमा १९ गते, राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुष २१ गते, मानपुरटपरा स्वास्थ्य चौकीमा २३ गते र खैरापुर स्वास्थ्य चौकीमा पुष २५ र २६ गते शिविर स्वास्थ्य कार्यालय बर्दियाले जानकारी दिएको छ । निःशुल्क शिविरमा सेवा लिनका लागि कार्यालयले ब्यापक प्रचार प्रसार गरेको छ ।

२२ °C काठमाडौं
Facebook Comments