बिहिबार शुरु हुने बढैयाताल महोत्सवको तयारी पूरा
विष्णु अधिकारी, २५ पौष, गुलरिया (बर्दिया) । कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन र रोजगारी, प्रादेशिक महोत्व ०८० बढैयाताल बर्दियाको चिनारी भन्ने मुल नाराका साथ प्रादेशिक बढैयाताल कृषि, पर्यटन तथा औधोगिक व्यापार तथा माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । विहिवार महोत्सवको औपचारिक समुद्घाटन हुँदैछ ।
मुख्य आयोजक बढैयाताल उद्योग वाणिज्य संघले २०८० पौष २६ गते देखि माघ ७ गते सम्म मैनापोखरमा महोत्सव संचालन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, बढैयाताल बर्दियाका अध्यक्ष बालकृष्ण लामिछानेले कृषि, औद्योगिक तथा पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधनगर्दै आर्थिक वृद्धि तथा विकास गरि स्वदेशी उत्पादन निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्य महोत्सवको रहेको बताउनु भएको छ । जडिबुटि, कृषि, उद्योग, पर्यटनको विकासको पहिचान गरि सो क्षेत्रमा टेवा पु¥याई निकासी योग्य बस्तुको पहिचान र प्रवद्र्धन गर्नुका साथै ब्यवसायीलाई स्वावलम्बी बनाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य संस्थाले लिएको छ ।
महोत्सवमा बर्दियामा रहेका धार्मिक पर्यटकीय स्थल, कृष्णसार संरक्षण क्षेत्र, बबई भ्याली, खाता कोरिडोर, बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि वाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य बनाउने लक्ष्य लिईएको अध्यक्ष लामिछानेले बताउनु भयो । महोत्सवमा त्यस क्षेत्रका आदीवासी थारु समुदायको संस्कृति, परिकार तथा पहिरन, व्यवसायिक माछापालनको प्रवद्र्धन, दुग्ध ब्यवसाय, विद्यालय स्तरिय विज्ञान प्रदर्शनी, हस्तकला प्रर्दशन मेलाको मुख्य आर्कषण रहने पत्रकार सम्मेलनमा अध्यक्षले जानकारी दिनुभएको छ । बढैयाताल गाउँपालिकामा १ सय ५ विगाहा क्षेत्रफलमा फैलिएको नेपालको सम्पदा सुचिमापार्दै मनोरम तालको प्रचार प्रसार पनि मेलाको मुख्य आर्कषक रहने जानकारी दिईएको छ ।
२६ °C काठमाडौं
Facebook Comments