• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
एनआइसी एसिया बैंकले घटायो ब्याजदर

काठमाडौ, २४ पुस । एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएके छ ।

 

बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ । उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो । 

बैंकको अधिकतम ८.६७% ब्याजदर पुस महिनामा दिंदै आएको छ । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०% निर्धारण गरेको छ ।

यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५% र न्यूजतम ६.२५०% मात्र ब्याज दिने भएको छ । मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ ।

सम्बन्धित समाचार

Facebook Comments