• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
जब्दीघाट पुल निर्माणका लागि जनअभियानको विरोध प्रर्दशन

विष्णु अधिकारी, गुलरिया (बर्दिया), २४ पुष । बर्दियाको सदरमुकाम गुलरियालाई पुर्वपश्चिम राजमार्गसँग जोडिनका लागि सबभन्दा नजिकको बाटोमा पर्ने बबई नदिमा रहेको पुल सरकारलाई हस्तान्तरण नहुदै क्षतिग्रस्त भएपछि बर्दियाका जनताहरु पिडित बनेका छन् । पुल क्षतिग्रस्त भएको बर्षौ वितिसक्दा पनि त्यहाँका स्थानियहरु पुल नबन्दा सदरमुकाम आवतजावत गर्न कठिनाई भएको छ । 


बबई नदिमा बनेको क्षतिग्रस्त पुल पनुनिर्माणका लागि सरकारलाई दवाब दिन जनप्रर्दशन गरेका छन् । उनीहरुले क्षतिग्रस्त जब्दीघाटपुल चाँडै बनाउँ, नत्र चुनावमा भोट माग्न आँउदै नआउँ भन्ने लगायतका एकदर्जन नारा लेखिएको प्लेकार्ड बोकेका थिए । जब्दीघाटको पुल चाँडै बनाउ सरकार नत्र भने हामीलाई छैन तिम्रो दरकार भन्ने ब्यानर सहित जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपति, प्रधानमन्त्री, भौतिक पुर्वाधार मन्त्री, अर्थमन्त्री, सडक विभाग महाशाखा लगाएतका सरकोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा क्षतिग्रस्त भएको जब्दीघाटको पुल यथाशिघ्र पुननिर्माण गरि संचालनमा ल्याउनका लागि माग गरिएको छ । 


उनीहरुले सरकारले आफ्नो मागको अबिलम्ब सुनुवाई नगरे चुनावमा आफ्नो घरदैलोमा नेताहरु भोट माग्न नआउन समेत चेतावनी दिएका छन् । प्रर्दशनकारीहरुले राजनैतिक दलहरुको घोषणा पत्रमा धेरैपटक जनतालाई जब्दीघाटको पुल बनाउने भनेर आश्वासनको पोको फाल्ने गरेकोकोमा रुष्टता प्रकट गरेका छन् । उनीहरुले अब आउने चुनावमा बनेको पुल हामी माझ लिएर हाम्रो दैलोमा आउनु नत्र हामी राजनैतिक दलहरुलाई बहिष्कार गर्नेृ चेतावनी दिएका छन् । ४ सय ३५ मिटर लम्बाईको पुल पप्पु कन्ट्रक्सनले निर्माण गरेको थियो  । 


पुल हस्तान्तरण नहुदै बबई नदिमा आएको बाढीले क्षति पु¥याएपछि  निर्माण कम्पनी र निर्माण कार्यालय विरुद्ध अख्तियारमा मुद्दा परेको थियो । पुल क्षतिग्रस्त भएपछि आवागमन पुर्ण रुपमा प्रभावित भएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका अभियन्ता दिनेश श्रेष्ठको संयोजकत्वमा बनेको जब्दीपुल निर्माण अभियानले बारबर्दिया र गुलरिया नगरपालिकाका नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विरोध ¥याली जिल्ला समन्वय समिति बर्दियाबाट नगरपरिक्रमा गरि जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 

सम्बन्धित समाचार

Facebook Comments