• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैरकानुनी आर्जन गरेको आरोप

काठमाडौं, २३ पुस । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेको हो।

२०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ। अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ।


 

सम्बन्धित समाचार

Facebook Comments