• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
अयाेध्याकाे राम मन्दिरलाई जनकपुरबाट धनुष देखी खरायुसम्मका कोशेली

काठमाडौं, १९ पुस । भारतको अयोध्यामा प्राण प्रतिष्ठा हुन लागेको राम मन्दिरका लागि कोशेली पठाईएको छ । जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गर्न लागेको सो मन्दिरका लागि जानकीको माइतिपक्षबाट ११ सयवटा कोशेली पठाइएको हो ।

जनपुरमा आयोजित एक समारोहका बिचमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सो कोसेली हस्तान्तरण गरेका छन । जनकपुरवाट जाने कोशेलीमा धनुष, खराऊ, पलङ देखी आवाश्यक समान सबै पठाइएको छ । जानकी मन्दिर, जनकपुरका महन्थका अनुसार सो कोसेलीहरुमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो, विभिन्न प्रकारका मिठाइसहित जनकपुरबाट अयोध्या प्रस्थान गरेको छ ।
 

सम्बन्धित समाचार

Facebook Comments