बढैयाताल वडास्तरिय फूटवलमा आयोजकको जीत
दल बहादुर सुनार, बढैयाताल, पौष १६ । बढैयाताल गाउँ पालिका वडा नम्बर १ मा जारी दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा आयोजक बिजयी भएको छ । जगदम्बिका मा.बि. शान्तिपुरको खेल मैदानमा वडा नम्बर ८ र आयोजक वडा नम्बर १ (बि) बिच सोमबार भएको फाइनलमा खेलमा वडा नम्बर ८ लाई शुन्यको विरुद्ध २ गोलले पराजित गर्दै आयोजक टीम प्रतियोगितामा बिजयी भएको हो ।
लागु औषध र बाल बिवाह अन्त्य ः समृद्ध समाजको गन्तव्य भन्ने संदेश दिने उद्देश्यले बढैयाताल गाउँ पालिका वडा नम्बर १ को समन्वय र न्यु शान्ति स्पोर्ट्स क्लब शान्तिपुर बर्दियाको आयोजनामा पौष ९ गतेदेखि जारी प्रतियोगिताको बिबिध कार्यक्रमका साथ १६ गते सोमबार समापन भएको वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिनुभयो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रुपमा भएको प्रतियोगितामा न्यु शान्ति स्पोर्ट्स क्लब बढैयाताल गाउँपालिका वडा नम्बर १ शान्तिपुरले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोलगर्दै प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । प्रतियोगितामा गोल रहित भएको ८ नम्बर वडा उप बिजेतामा चित्त बुझाएको छ ।
प्रतियोगिताको बिजेता र उप बिजेता हुने टीमलाई क्रमश नगद रु ५५ हजार र २५ हजार सहित ट्रफी, मेड्ल र प्रमाणपत्र प्रदान गरिएको छ । बढैयाताल गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको समापन कार्यक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, वडा नम्बर २ का अध्यक्ष डिलादेब गिरि, ८ का अध्यक्ष तेजनाथ पौडेल, कार्यपालिका सदस्य, जनप्रतिनिधि, प्रहरीचौकी र सशस्त्र प्रहरी बल जमुनीका प्रमुख, स्थानीय समाजसेबि, उद्योगि, ब्यापारी, खेल प्रेमी, सहयोग दाता लगायतका ब्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्न बढैयाता गाउँपालिका वडा न. १ को वडा कार्यालय, स्थानीय उद्योगि, ब्यापारी, सहकारी, बिद्यालय, निर्माण व्यावसायि, वैदेशिक रोजगारमा रहेका ब्यक्ति, लगायतका संघसंस्थाले नगद तथा जिन्सी सहयोग रहेको प्रतियोगितामा विभिन्न बिदामा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्र र नगदबाट पुरस्कृत गरिएको क्लबले जनाएको छ ।
२२ °C काठमाडौं
Facebook Comments