प्रिती पाशवानको भोजपुरी नृत्यमा झुमे दर्शक
बर्दिया । भोजपुरी कलाकार एवम् नृत्यांगना प्रिती पाशवानले उद्योग बाणिज्य संघ गुलरियाले आयोजना गरेको प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवको अन्तिम दिन धमाकेदार भोजपुरी नृत्यमा दर्शकलाई झुमाईन् । उनीसँगै स्टेज तताएका अर्जुन सापकोटाले दर्शकलाई नचाएरै छाडे ।
कलाकार पाशवानले भोजपुरी गितमा नृत्य प्रस्तुत गर्नु भएको थियो भने कलाकार सापकोटाले हावा चिसो चिसो लगायतका गित प्रस्तुत गरी दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । पुष ६ गतेदेखि १६ गते सम्म संचालनमा रहेको महोत्सव ११ औं दिनमा समापन भएको छ । समापन शत्रका प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री एवम् संघीय सांसद संजय कुमार गौतमले गुलरियाको महोत्सव सफल भएकोले बढैयाताल, बाँसगढी एवम् राजापुरको महोत्सव पनि सफल पार्न सम्पूर्ण दर्शकहरुलाई निम्ता दिनु भएको छ । प्रकृति, संस्कृति, जंगल, जल, जमिनले बरदान पाएको बर्दियाको बिकासको लागि जिल्लाका सवै दल एकढिक्का हुनुपर्ने बताउँदै नेता गौतमले हामी सुध्रिए मात्र बिकास सुध्रिने दाबी गर्नु भएको छ । कार्यक्रमकी विशेष अतिथी संघीय सांसद गिता बस्नेतले महोत्सवले स्थानिय आर्थिक समृद्धिमा टेवा पुगेकोभन्द्रै महोत्सव सफल भएको औल्याउनु भयो ।
महोत्सवको शुभारम्भसँगै शुरु भएको डान्स आईडलमा कलाकार नविना रानाक्षेत्री प्रथम, यमन बैगार द्वितिय र सरला सुनार तृतिय हुनु भएको छ । उपाधी पाएका आईडलहरुलाई प्रमुख अतिथी गौतमले पुरस्कार प्रदान गर्नु भएको छ । त्यस्तै महोत्सव शुभारम्भको दिन प्रस्तुत गरिएका झाँकीहरु मध्ये ब्रम्हकुमारी विश्व विद्यालय प्रथम, थारु कल्याणकारीणी सभा गुलरिया नगरसमिति द्वितिय र राधाकृष्ण भजन मण्डली तृतिय भएका छन् । महोत्सवको औपचारीक समापनगर्दै उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द् पाण्डेले महोत्सव पूर्ण रुपमा सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई धन्यवाद दिनु भएको छ । महोत्सवमा कुल ३० हजार भन्दा बढी टिकट बिक्री भएको र ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गरेको उहाँको भनाई छ ।
२२ °C काठमाडौं
Facebook Comments