• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
काँग्रेस नसुध्रिए एन्टी डेमोक्रेसी शक्ती हाबी हुने : पूर्व सिंचाई मन्त्री संजय गौतम

बर्दिया । नेपाली काँग्रेस पार्टी नसुध्रिए एन्टी डेमोक्रेसी शक्ति हावी हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व सिंचाई मन्त्री एवम् संघीय सांसद संजय कुमार गौतमले बताउनु भएको छ । नेपाली काँग्रेस ६ नम्बर वडा कार्यसमिति गुलरियाले आयोजना गरेको ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेता गौतमले पार्टीका नेता कार्यकर्तालाई निरास नभई पार्टी सुधार्न सुझावदिदै त्यस्तो बताउनु भएको हो ।


राष्ट्रिय, राष्ट्रियता र समाजबादको लागि नेपाली काँग्रेसको जन्म भएकोभन्दै विपीको त्याग, तपस्या र बलिदानीले देश आजको अवस्थामा आएको स्मरण गर्नुभयो । नेपाली काँग्रेस देशकै ठूलो पाटी भएर पनि जनतामा नैराश्यता आउनु दुर्भाग्य भएको उहाँको जिकिर छ । देशका सबै तहका सरकारमा काँग्रेसको उपस्थिती हुँदाहुँदैपनि जन चाहाना अनुसारको काम नभए जनतासँग क्षमा माग्ने ठाउँनै नरहेको उहाँको भनाई छ । तत्कालिन परिवेशलाई देखेर विपीले मेलमिलापको उचित निति अवलम्बन गरेको स्मरणगर्दै केन्द्रिय सदस्य गौतमले आन्तरिक रुपमा काँग्रेस कमजोर बन्दै गएको बताउनु भयो ।


आफू संसद बनेदेखि १० बर्षको अवधिमा जिल्लामा ठूलै बिकास भएपनि संस्थागत गर्न नसकिएको चिन्ता ब्यक्तगर्दै चुनाव जितेपनि राजनिति हारेको स्विकार गर्नुभयो । बर्दिया जिल्ला काँग्रेसको उर्वरभुमि रहेकोभन्दै एकता दिवसले पाटी र जनता विच एकढिक्का हुने प्रेरणा मिलोसभन्दै शुभकामना दिनु भएको छ । नेपाली काँग्रेसको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार नवने अहिलेको अनुपम ब्यवस्था संस्थागत हुन नसक्ने दोहोर्याउनु भयो । काँग्रेसको जस्तो उच्च विचार कुनै दलमा नरहेकोले ढुक्क हुन आग्रहगर्दै आफ्नो बाँकी ४ बर्षको कार्यकाल रहेकोले परिणाम दिने प्रतिबद्धतागर्दै निरास नहुन आग्रह गर्नु भएको छ ।


कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सचिव विद्याप्रसाद खनाल, महासमिति सदस्य विजयदत्त देवकोटा, गुलरिया नपा वडा नम्बर ६ का वडाध्यक्ष शुधांसुप्रकाश शर्मा, प्रेस युनियन बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल लगायतले विपीको योगदानको स्मरण गर्नु भएको थियो । गुलरिया नपा नेपाली काँग्रेस वडा कार्यसमिति ६ का अध्यक्ष रहिस अहमद मनिहार (राजु) को सभापतित्वमा भएको कार्यक्रम दिपक अधिकारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

सम्बन्धित समाचार

Facebook Comments