• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
बढैयाताल वडा स्तरिय फूटवलको फाईनलमा वडा नम्बर ८

दल बहादुर सुनार, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नम्बर १ मा जारी दोश्रो वडा  स्तरीय फुटबल प्रतियोगितामा ८ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ । जगदम्बिका माध्यमिक विद्यालय शान्तिपुरको खेल मैदानमा भएको सेमिफाइनल खेलमा आयोजक १ नं. वडालाई ट्राई बेकरमा हराउँदै ८ न. वडा फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक रुपमा भएको प्रतियोगितामा प्रहिलो हाफ र  दोस्रो हाफको निर्धारित समयमा दुबै टिम गोलरहित बराबरी भयपछि ट्राइ बेकरमा हार जितको टुंगो  लागेको प्रतियोगिताका मुख्य रेफ्री कृष्ण  गोपाल चौधरीले  जानकारी दिनु भयो । सेमिफाइनलको दोस्रो खेल बढैयाताल वडा न. ४ र वडा न. १ को (बि.) टिम बिच हुनेछ । प्रतियोगिताको फाइनल खेल १६ गते दोश्रो सेमिफाइनलको बिजेता र वडा न. ८ बिच हुने आयोजकले जनाएको  छ ।

लागुऔषध र बाल बिवाह अन्त्य ः समृद्ध समाजको गन्तव्य भन्ने संदेश दिने उद्देश्यले १ नम्बर वडा  कार्यालयको समन्वय र न्यु शान्ति स्पोर्ट्स क्लब शान्तिपुर बर्दियाको आयोजनामा पौष ९ गतेदेखि   प्रतियोगिता जारी रहेको क्लबले जनाएको छ । प्रतियोगिताको बिजेता र उप बिजेता  हुनेलाई  क्रमश   नगत रु ५० हजार र २५ हजार सहित ट्रफी, मेड्ल र प्रमाणपत्र प्रदान गरिने वडा न. १ का अध्यक्ष  प्रेम बहादुर थापाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments