• १२ वैशाख २०८३, शनिवार
  • २० °C काठमाडौं
वन्यजन्तुबाट ज्यान गुमाउनेका परिवारलाई सहयोग 

विष्णु अधिकारी, गुलरिया (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा रहेको खाता सामुदायिक वन समन्वय समितिले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिवारलाई आय आर्जनमा सहयोग गर्ने भएको छ । खाता समन्वय समिति अन्र्तगत पर्ने मधुवन नगरपालिकाको वडा नं. १ देखि ५ नं. वडामा बसोबास गर्ने वन्यजन्तु आक्रमणमा ज्यान गुमाएकाहरुको आश्रित १६ जना घरपरिवारका सदस्यहरुलाई दैनिक जिवन सहज गराउनका लागि सहयोग गर्न लागेको हो । 


खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ्गले १६  जना मध्ये २ जनालाई आय आर्जनका लागि आर्थिक सहयोग गरिसकेको र बाँकी रहेका १४ जना परिवारलाई जनही ५० हजारका दरले तराई भू–परिधि कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको बताउनु भयो । वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका आफन्तहरुलाई कार्यालयमा नै अन्तरक्रिया कार्यक्रम गरेर उनीहरुकै सल्लाह बमोजिम खाता समन्वय समितिले आय आर्जनमा सहयोग गर्न लागेको हो । मधुवन नगरपालिका वडा नं. ३ भग्रैया निवासी राम बहादुर के.सी.ले आफु जैविक मार्ग अन्तर्गतको क्षेत्रमा बसोबास गर्ने भएकाले वन्यजन्तुको आक्रमणमा पर्ने त्रासमा बाच्नु परेको गुनासो पोख्नुभयो । राज्यका विभिन्न तह र तप्कामा गएर आफ्ना समस्याहरु पोख्दापनि सुनुवाई नभएको उहाँको भनाई छ । 


राज्यबाट कुनै किसिमको सुबिधा पाएनौ । राज्यले पिडित जनतालाई भोट बैंक र कर तिर्ने मेसिन मात्र बनाएको उहाँले दुखेसो पोख्नुभयो । मधुवन ३ भग्रैया बस्ने प्रेम वंशी आमा कली वंशी घास काट्न गएको समयमा बाघको आक्रमण परि ज्यान गुमाएपछि उनी विक्षिप्त हुनुहुन्छ । नागरिक असुरक्षित भएर वन्यजन्तु संरक्षणमा लागेपनि राज्यले व्यवस्थापन गर्न नसेको उहाँको भनाई छ । मानव वन्यजन्तु द्वन्द बढदै जाँदा मानिसहरु जंगली जनावरको शिकार हुनु परेको छ । राज्यले आफुहरुलाई बनमा आश्रित हुन नपर्ने किसिमका तालिम तथा रोजगारीको सिर्जना गरिदिन वंशीको आग्रह छ । आर्थिक बर्ष ०७०/०७१ देखि ०८०/०८१ को पौष दोस्रो साता सम्ममा खाता सामुदायिक वन समन्वय समिति अन्तर्गतका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि १६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बाघ, २ जना गैडा र २ जना हात्तिको आक्रमणमा परेका थिए । 

सम्बन्धित समाचार

Facebook Comments