• २० वैशाख २०८३, आइतवार
  • २३ °C काठमाडौं
बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको ५० औं बर्षगाँठमा भब्य स्वर्ण जयन्ती महोत्सव 

दलबहादुर सुनार, १९ वैशाख, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराले आफ्नो ५० औँ स्थापना दिवस तथा स्वर्ण जयन्ती महोत्सव विहिवार भव्य रूपमा सम्पन्न गरेको छ । विभिन्न सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहका साथ महोत्सव मनाइएको हो ।

कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलको सभाध्यक्षता तथा वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । १७ बैशाखमा भएको कार्यक्रममा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक कुमार रामले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वर्ण जयन्तीको  अवसरमा प्रमुख अतिथि मन्त्री चौधरीले बाघको मूर्ति अनावरण गर्दै महोत्सवको उद्घाटन गर्नुभयो ।

महोत्समा बर्दिया संघीय क्षेत्र नम्बर १ का सांसद ठाकुर सिंह थारू, क्षेत्र नं. २ का सांसद श्रीधर पोखरेल, बाँसगढी नगर पालिकाका नगरप्रमुख खड्गबहादुर खड्का, राजापुर नगरपालिकाका नगरप्रमुख राजेश थारू, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल तथा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । महोत्सवलाई थप आकर्षक बनाउन थारू समुदायका लोकप्रिय सखिया नाच, मुङ्ग्ररहवा नाच, लाठी नाच लगायतका प्रस्तुतिहरू राखिएका थिए ।

साथै राउटे संस्कृति झल्किने नाच, झ्याउरे, मारुनी, देउडा लगायत विविध सांस्कृतिक कार्यक्रमले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए । तराईकै राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जले स्वर्ण जयन्तीको अवसरमा स्मारिका तथा वृत्तचित्र -डकुमेन्ट्री) समेत प्रकाशन गरेको छ, जसको विमोचन मन्त्री चौधरीले गर्नुभएको थियो । महोत्सवमा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद आचार्य सहभागी हुनुहुन्थ्यो । 

त्यस्तै उत्तर–पश्चिम हेडक्वार्टरका पृतनापति दीपेशजंग शाह लगायत निकुञ्ज सम्बन्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पालिका प्रमुख, उप प्रमुख, स्थानीय पालिकाका अन्य जनप्रतिनिधि तथा होटेल तथा पर्यटन ब्यबसायी, उद्योगी, स्थानीय नागरिक समाजका प्रतिनिधि, ठाकुरबाबा पालिका अन्तरगत बन्यजन्तु संरक्षणमा क्रियाशिल यूवा संजाल,  पत्रकार, स्थानीय बिद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय कलाकार लगाएत सरोकारवालाहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार

Facebook Comments