बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा रुद्र गणको स्वयंसेवा
लुम्बिनी, १९ वैशाख । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा प्रभावशाली भूमिका निर्वाह गरेको छ । कार्यक्रमलाई सहज, व्यवस्थित र सफल बनाउँदै सदस्यहरू भीड व्यवस्थापन, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा निरन्तर खटिएका थिए ।
ठूलो संख्यामा सहभागीको उपस्थितिका बाबजुद पनि कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको आयोजकले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुद्ध जयन्तीका अवसरमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।
२३ °C काठमाडौं
Facebook Comments