भूकम्प पीडितलाई पुर्ब प्रहरी संगठन बर्दियाको सहयोग
मुरली गोडिया, गुलरिया । नेपाल पुर्ब प्रहरी संगठन बर्दियाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित पीडितहरुका लागी सहायोग प्रदान गरेको छ । संगठनको बर्दियामा आवद्ध जिल्लाका ८ ओटै पालिकाका पुर्ब प्रहरी कर्मचारीहरुबाट संकलित सहयोग रकम जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत पीडित समक्ष पठाइएको हो ।
बुधबार एक कार्यक्रमका बिच बर्दियाका प्रमुख जिल्ला अधिकार बेद प्रसाद खरेललाई संगठनले भुकम्प प्रभावितका लागी नगद ५५ हजार ९ सय ७५ रुपैया हस्तान्तरण गरेको छ । नेपाल पुर्ब प्रहरी संगठन बर्दियाले भुकम्प पिडितलाई सहयोग रकम हस्तान्तरण कार्यक्रमका अवसरमा पौष ८ गते बर्दिया हाजिर हुनु भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई जिल्लामा स्वागत समेत गरेको संगठन बर्दियाका प्रमुख तथा पुर्व प्रहरी निरिक्षक टंक थापाले जानकारी गराउनु भयो ।
गएको कार्तिक १७ गते शुक्रबारका दिन मध्यरातमा गएको प्राकृतिक विपद भूकम्पबाट जाजरकोट एवं रुकुम पश्चिम जिल्लामा भएको घरवार विहिन पीडितहरुलाई नगद रकम उपलब्ध गराईएको अध्यक्ष थापाले बताउनु भयो । मानवीय क्षति प्रति श्रद्धासुमन अर्पण गर्दै भूकम्पमा परेका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित रकम सहयोग गरेको संगठनका प्रमुख थापाले जानकारी दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments