• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
गुलरियामा भूमिहिन तथा अब्यवस्थित बसोवासीलाई पुर्जाको निस्सा वितरण

मुरली गोडिया, गुुलरिया (बर्दिया) । गुलरिया नगरपालिकामा जग्गाधनि पुर्जाको निस्सा वितरण कार्यको शुरुवात गरिएको छ । पालिकामा पहिलो पटक वडा नम्वर ५ को बालापुर गाँउबाट भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण कार्यको शुरुवात गरिएको हो । 


गुलरिया नगरपालिका वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव र वडा अध्यक्ष मुम बहादुर मल्लले संयूक्त रुपमा निस्सा वितरण गर्नुभएको हो । गुलरिया नगरपालिका वार्ड नं ५ मा रहेका ३ सय ३२ जना अब्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा नम्वर ५ का वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । उक्त वडामा अब्यवस्थित बसोबासी ३ सय ३२ जना, भुमिहिन दलित ४ जना र भुमिहिन सुकुम्बासी ८ जना रहेको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभयो । 


धेरै वर्षदेखि समस्याको रुपमा रहदै आएको भुमिहिन सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण भएसंगै अव आयोगलाई दवाव दिनुपर्ने बताउनु भयो । गुलरिया नगरपालिकाले गर्नुपर्ने सम्पुर्ण पक्रिया पुरागरी भुमि आयोगमा बुझाई सकिएको बताउँदै अब आयोगमा दैनिक रुपमा पुगी लालपुर्जा तथा नापजाँचका लागी आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नमान्न र सुरक्षितका साथ राख्नु पर्ने सुझाव समेत दिनुभयो । 


कार्यक्रम बोल्दै वडा अध्यक्ष मल्लले सर्वप्रथम  आयोग समस्या समाधानका लागी गुलरिया नगर पालिकाबाट शुरुवात गर्नु भन्दै बढैयातालबाट शुरुवात गरेकोमा आपत्ति जनाउनु भयो । यो निस्सा निक्कै महत्पुर्ण भएको भन्दै जग्गाको नापजाँच नहुँदा सम्म निस्सालाई सुरक्षितका साथ राख्न आग्रह समेत वडा अध्यक्ष मल्लले गर्नुभयो । गुलरिया नगरपालिका वाड नं ५ का वडाध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्य, गाँउका अगुवा, बरघर, गुरुवा लगायत वाडबासीहरुको उपस्थिती रहेको थियो । गुलरिया नगरपालिकामा सवै भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु वडा नम्बर २ र ९ मा रहेको बताइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments