• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
राजापुरमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि व्यवहारिक उत्प्रेरणा 

पुरुषोत्तम खनाल, २९ फागुन, बर्दिया । सकारात्कम उत्प्रेरणा र ज्ञानले विद्यार्थीमा सकारात्मक सोच ल्याउने राजापुर नगरपालिकाका नगर  प्रमुख दिपेश थारुले वताउनु भएको छ । शुक्रवारदेखि अमर शहीद श्री दशरथ चन्द मावि राजापुरमा सञ्चालन भएको २ दिने शिक्षक, विद्यार्थी र अभिभावकका लागि व्यवहारिक उत्प्रेरणा कार्यक्रमको उद्घाटन सत्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि थारुले समाजमा बढ्दै गएको विकृति रोक्न कार्यक्रम निकै फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा राजापुर नगरपालिका वडा नं. १ को श्री कालिका मा वि सोनपुर चनौरा, श्री पशुपति आ वि दौलतपुर, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आ वि टेडिया र अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । उपस्थित विव्यस, पिटिए पदाधिकारी, प्रशिक्षक सांगितिक पिटिका राष्ट्रिय अभियन्ता एवम् सिक्दै सिकाउँदै शैक्षिक राष्ट्रिय अभियन्ता हरिश वली र सम्पूर्ण टिम, सहभागी विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरुलाई राजापुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दल बहादुर चौधरीले स्वागत गर्नु भएको थियो । 

कार्यक्रमको सभाध्यक्ष वडा नं. ४ का अध्यक्ष विदुर पोख्रेलले कार्यक्रमले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र सबै मिलेर अघि बढे विद्यार्थीको जीवन सफल र सार्थक बनाउन सकिने धाारणा राख्नु भयो । 
प्रशिक्षक वलीले उपस्थित विद्यालयका विद्यार्थीहरुलाई भविष्यको सुन्दर सपना तथा अभिभावक, शिक्षकको त्याग र समर्पण देखाउदै समय सदुपयोग गर्न र जीवन सार्थक वनाउन विद्यार्थीहरु माझ निकै मन छुने शैलीमा उत्प्रेरक कक्षा सञ्चालन गर्नु भएको थियो । यसपछि अभिभावकसँग कार्यक्रम हुने भएकाले पनि सम्पूर्ण अभिभावक समाजसेवी बुद्धिजीविको गरिमामय उपस्थितिका लागि उहाँको आग्रह छ ।

सम्बन्धित समाचार

Facebook Comments