• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
निर्वाचन सकिएसँगै निर्वाचन प्रहरीको विदाई

केशव कोईराला, २८ फागुन, बर्दिया । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान केन्द्र तथा मातहत कार्यालयहरूमा खटाउन नियुक्ती गरिएका निर्वाचन प्रहरीलाई विदाई गरिएको छ । बिहिवार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक सरोज पौडेलले निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई औपचारिक रूपमा विदाई गर्नु भएको छ ।

बिदाई कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पौडेलले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको बताउनुभयो । निर्वाचन अवधिभर अनुशासन, समन्वय र कर्तव्यनिष्ठाका साथ काम गरेकोमा सबै प्रहरी कर्मचारीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

निर्वाचन सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गरी हाल मूल कार्यस्थलतर्फ फर्कने क्रममा विदाई कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments