• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
कार्यसम्पादन मूल्यांकनमा राजापुर नगरपालिका पहिलो

केशव कोईराला, २८ फागुन, राजापुर (बर्दिया) । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी प्रतिवेदन अनुसार बर्दिया जिल्लामा राजापुर नगरपालिका पहिलो स्थानमा परेको छ । बुधवार सार्वजनिक गरेको सुचनामा आयोगको मूल्याङ्कन अनुसार राजापुर नगरपालिकाले ७४ दशमलव २३ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहको रूपमा स्थान बनाएको हो । 

त्यसैगरी गुलरिया नगरपालिका ७२ दशमलव ७९ अंक सहित दोस्रो स्थानमा परेको छ भने बाँसगढी नगरपालिका ७१ दशमलव १४ अंक सहित तेस्रो स्थानमा रहेको छ । अन्य स्थानीय तहहरूमध्ये ठाकुरबाबा नगरपालिका ६२ दशमलव ९५ अंक, मधुवन नगरपालिका ६१ दशमलव ६५ अंक, बढैयाताल गाउँपालिका ६१ दशमलव ५० अंक, बारबर्दिया नगरपालिकाले ५० दशमलव ८९ अंक प्राप्त गरेको छ । 

त्यस्तै गेरुवा गाउँपालिकाले ४३ दशमलव ३९ अंक प्राप्त गरेका छन् । आयोगले स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, पारदर्शिता, योजना कार्यान्वयन लगायतका सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । सार्वजनिक गरिएको प्रतिवेदनले स्थानीय तहबीचको प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments