बर्दियामा एकैदिन चितुवा र पाटेबाघको आक्रमण : १ जनाको मृत्यु ४ घाईते
हरी गुरुङ, २० फागुन, बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परी बुधवार १ वालकको मृत्यु तथा ३ जना घाईते भएका छन् । पाटेबाघको आक्रमण बाट १ जना गरी एकै दिन ५ जनालाई बन्यजन्तु बन्यजन्तु चितुवा र बाघले आक्रमण गरेको छ ।
चितुवाको आक्रमणमा परी राजापुर नगरपालिका वडा नम्ब्र १० स्थित कालावन्जरका ७ बर्षिय बालक आदित्य चौधरीको निधन भएको बर्दिया जिल्ला अस्प्ताल गुलरियाकी स्वास्थ्य सहायक पूजा खत्रीले जानकारी दिनु भएको छ । वालकलाई जोगाउने क्रममा चितुवाको आक्रमणबाट स्थानिय अन्दाजी ४१ वर्षिय धनिराम थारु, ३८ वर्षीय श्यामलाल थारु र ४० बर्षीय कीर्तिमान थारु घाईते हुनु भएको समन्वय समिति खैरी राजापुरका सचिव नारायण बहादुर शाहीले जानकारी दिनुभयो ।
चितुवाले बालकको घाँटीमा आक्रमण गरेको थियो । त्यस्तै पाटेबाघको आक्रमणमा परी बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ स्थित गुजरानाका ५० बर्षिय नसरुद्दिन गुजर घाईते हुनु भएको छ । खल्ला खेतको गहुँवारीमा गएका बेला आफूलाई पाटेबाघले आक्रमणमा गरेको उहाँले बताउनु भएको छ । गुजरलाई दिउँसो ४ बजे बाघले आक्रमण गरेको थियो । घाईतेहरु सबैको अवस्था सामान्य रहेको बताईएको छ ।
२१ °C काठमाडौं
Facebook Comments