• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
राजापुरका बिद्यार्थीलाई सडक सुरक्षाबारे सचेतना

पुरुषोत्तम खनाल, १३ फागुन, बर्दिया । सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सम्बन्धी सचेतना गरिएको छ । भौरा क्षेत्रका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका सहित बर्दिया जिल्लाका ८ वटै पािलकामा सवारी दुर्घटना बढेको भन्दै सडक सुरक्षा कार्यक्रम गरिएको हो । 

अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विद्यार्थीहरुलाई बुधवार अस्थायी ट्राफिक पोष्ट राजापुरले सडक दुर्घटनाबाट बच्ने उपायहरु, सडकमा हिड्ने तरिकाहरु, बाटो काट्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा अस्थायी ट्राफिक पोष्ट राजापुरका प्रमुख सई रागब सिंह राठौर, प्रहरी बरिष्ठ हवल्दार नृप बहादुर साउद, प्रहरी जवान रुपेश कुमार चौधरीको टोलीले विद्यार्थीहरुलाई सहजीकरण गर्नु भएको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुले सिकेका सचेतनाका कुराहरु व्यवहारमा उतार्ने र आफूहरु दूर्घटनाको जोखिममा नपर्ने बताएका छन् । विद्यालयका प्रअ सरोज कुमार झाले दुर्घटना भवितव्य घटना भएकाले आफू सचेत भएर अरुलाई पनि जोगाउनु पर्ने र आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरु सबै विद्यालयका विद्यार्थीहरु माझ हुनु पर्ने बताउनु भयो । विप्लव आर्ट एण्ड फ्लाक्स प्रिन्ट राजापुरको सौजन्यमा गरिएको कार्यक्रमको आयोजना अस्थायी ट्राफिक पोष्ट राजापुरले गरेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments