खाता जैविकमार्गका समुदायमा लघु घर विमा कार्यक्रम प्रभावकारी
हरी गुरुङ, ११ फागुन, मधुवन (बर्दिया) । बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा लघु विमा प्रभावकारिता हुँदा स्थानीय संरक्षणमा सहकार्य गर्दै आएका छन् । तराई भु–परिधि तथा संरक्षण कार्यक्रम (तालसीपी) कोहलपुर बाँकेको आर्थिक सहयोग तथा खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका –३ खाता, बर्दियाको समन्वयमा मधुवन नगरपालिका वडा नं १, २, ३, ४ र ५ राजापुर नगरपालिका वडा नं १० र ठाकुरबाबा नगरपालिका केही वडा गरी ४ हजार ६ सय ८४ घरधुरी लघु घर विमा गरिएको छ ।
खाता जैविक मार्ग क्षेत्र आसपासका गाउँ बस्तीहरुमा हरेक वर्ष भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष बाट खाता जैविक मार्ग हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज जाने जंगली हात्तीले स्थानियहरुको घर भत्काउने हुनाले विगत ३ वर्षदेखि खाता सामूदायिक वन समन्वय समितिले र तालसीपीले यस क्षेत्रमा लघु घर विमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷०८२ सम्म ३० घरधुरीमा जंगली हात्ती साथै दैवीप्रकोपबाट क्षति भए बापत ७ लाख ९४ हजार ८४ रुपैयाँ बराबर क्षति राहत उपलब्ध भई सकेको छ ।
लघु घर विमा एक घरधुरी वापत ९५ रुपैयाँ लाग्ने गर्दछ भने हाल सम्म १३ लाख ३४ हजार ९ सय ४० रुपैयाँ तराई भू परिधि तथा संरक्षण कार्यक्रम कोहलपुर बाँकेबाट आर्थिक सहयोग भएको छ । लघु घर विमाले संरक्षण क्षेत्रमा टेवा पुग्ने अनुमान गरिएको छ । संरक्षण गरे वापत पाएको सुविधा नैं संरक्षण सफल भएको मधुवन नगरपालिका वडा नं १ का वडा अध्यक्ष मीन बहादुर थापा बताउनुहुन्छ ।
वडा नं ३ का वडा अध्यक्ष नारायण मल्ल यस्ता किसिमका प्रत्यक्ष देखिने स्थानिय समुदायले महसुस गर्ने खाले कार्यक्रम ल्याउन जरुरी भएको बताउनु हुन्छ । खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका – ३ ले यस क्षेत्रमा आय आर्जन तथा जीविकोपार्जन जस्ता आयमुलक, वन्यजन्तुका आनीवानी साथै सचेतनामुलक, स्वरोजगारमुलक र वन वन्यजन्तु संरक्षणमुलक विविध कार्यक्रम गर्दै आइरहेको छ ।
२३ °C काठमाडौं
Facebook Comments