राजापुर स्वस्तिक धाममा निर्मित शिवलिंग अनावरण
केशव कोईराला, ४ फागुन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर स्थित महाकालेश्वर शिव मन्दिर परिसरमा निर्माण गरिएको १०८ शिव लिङ्गको महाशिवरात्रि पर्बको अबसर पारेर अनावरण गरिएको छ । ऐतिहासिक धार्मिक दृष्टिले महत्वपूर्ण मानिने महाकालेश्वर मन्दिर परिसरमा निर्माण गरिएको शिवलिङग स्वस्तिक धामको रुपमा स्थापना गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनकराज आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले एक औपचारिक कार्यक्रमका बिच मूर्ति अनावरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले स्वस्तिक धाम ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण संरचना भएको उल्लेख गर्दै आगामी वर्ष ३ हजारभन्दा बढी भारतीय पर्यटक भित्र्र्याउने लक्ष्यसहित यसको विकास र प्रवद्र्धनमा नगरपालिका प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो ।
उहाँले धार्मिक पर्यटन प्रवद्र्धनले स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उपप्रमुख मनकला कुमारी चौधरीले यस क्षेत्रको धार्मिक पर्यटन विकासमा स्थानीय सरकारको पूर्ण ऐक्ययबद्धता रहने बताउनुभयो । कार्यक्रममा राजापुर नगरपालिका वडा न ३ का अध्यक्ष प्रसादु थारु, वडा न ८ का अध्यक्ष राजेश थारु सहभागी हुनुन्थ्यो ।
त्यस्तै शिवलिङ्ग निर्माण समितिका अध्यक्ष हर्कबहादुर शाह, समितिका पदाधिकारी तथा उल्लेख्य संख्यामा भक्तजनहरूको सहभागिता रहेको समितिका सदस्य भुवन ढकालले जानकारी दिनुभयो । कार्यक्रममा दानबिर दाताहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको छ । स्वस्तिक धाम १०८ शिव लिङ्गको निर्माणसँगै महाकालेश्वर शिव मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा थप आकर्षण बन्ने विश्वास गरिएको छ ।
२३ °C काठमाडौं
Facebook Comments