देश बचाउने भए राप्रपालाई भोट दिनु : ज्ञानेन्द्र शाही
केशव कोईराला, २ फागुन, बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाहीले देश बचाउन राप्रपालाई भोट दिन आग्रह गर्नुभएको छ । बर्दियाको राजापुरमा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अरुलाइ भोट दिए नेता बचाउने र राप्रपालाई भोट दिए देश बच्ने बताउनुभयो ।
राष्ट्रियता, धर्म, संस्कार र स्वाधीनताको रक्षा गर्न राप्रपालाई बलियो बनाउन आवश्यक रहेको उहाँको धारणा थियो । कार्यक्रममा राप्रपा बर्दिया क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार सुशील चौधरी, राप्रपा राजापुर नगर अध्यक्ष उत्तम रेग्मी लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारहरूलाई विजयी गराउन कार्यकर्ताहरूलाई सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए ।
१९ °C काठमाडौं
Facebook Comments