जनआधार प्रावि मधुवनको ३ कोठे भवन उद्घाटन
हरी गुरुङ, २६ माघ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाता स्थित जनआधार प्राथमिक विद्यालयमा निर्माण सम्पन्न ३ कोठे पक्की भवन समुद्घाटन गरिएको छ । मधुवन नगर पालिकाका प्रमुख तेज बहादुर भाटले औपचारिक कार्यक्रमका विच भवन उद्घाटन गर्नु भएको हो ।
मधुवन नगरपालिका र विल्ड अन नेपालको साझेदारीमा सम्पन्न ३ कोठे पक्की भवन मधुवन नगरपालिकाको ७ लाख र बिल्ड अन नेपालको ३७ लाख गरी कुल ४४ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको बताईएको छ । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख भाटले विगतदेखि वर्तमानसम्म सहयोगी पवित्र मन भएकालाई धन्यवाद दिँदै मधुवन नगरपालिकाले अझै पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
उहाँले अन्य सहयोगी निकायलाई सहयोगको लागि अनुरोध गर्ने बताउँदै संस्थागत र सामुदायिक विद्यालय विच अन्तर हुनु दुःखद भएको प्रष्ट पार्नुभयो । अभिभावकहरुलाई प्रश्न गर्दै नगरप्रमुख भाटले संस्थागत विद्यालयहरूमा बालबालिका पढाउँदा अभिभावक विद्यालय पुगेर बालबालिकाले गृह कार्य गरे नगरेको विद्यालयमा सरसफाई छ छैन लगायतका कुराहरुमा ध्यान दिने तर सामुदायिक विद्यालय प्रति अभिभावकले नै कुनै चाँसो नदिदा यस्तो अवस्था आएको बताउनु भयो ।
अभिभावकले संस्थागत विद्यालय जस्तै हेरविचार गर्यो भने सामुदायिक विद्यालय पनि संस्थागत विद्यालय भन्दा कम नहुने आशय उहाँको थियो । कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, अतिथिहरुमा वडा नं ३ का वडा अध्यक्ष नारायण मल्ल, कार्यपालिका सदस्य राधा पौडेल, नेरामाबि धनौंराका प्राध्यानापक चन्द्र बहादुर खत्री लगायत समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावक विद्यार्थीहरूको सहभागीता थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर सिंह ठकुरीको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमको सञ्चालन राजेन्द्र चौधरीले गर्नुभएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । श्री जन आधार प्राथमिक बिद्यालय २०६३ सालमा स्थापना भएको हो ।
२३ °C काठमाडौं
Facebook Comments