• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
कांग्रेसको क्रियाशील सदस्यता लगातार २ पटक नविकरण नगरे स्वतः निश्क्रिय 

गुलरिया । नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरुले लगातार दुई बर्ष सम्म सदस्यता नविकरण नगरे तेस्रो बर्षमा नविकरण नहुने नेपाली काँग्रेस बर्दियाका उपसभापति सोदे विष्टले बताउनु भएको छ । नेपाली काँग्रेस नगरसमिति गुलरियाले आयोजना गरेको क्रियाशिल सदस्यता वितरण तथा वडा सम्मेलन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले वडाका कार्यकर्ताहरुले नै पार्टी बचाएकोले समयमै सदस्यता नविकरण गर्न आग्रह गर्नु भएको छ ।


समानुपातिक निर्वाचन प्रणाली र प्रदेस खारेज गर्नुपर्ने बताउँदै नेता विष्टले नेपालमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता आवस्यकता नभएको जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य विजय देवकोटाले क्रियाशिल सदस्यहरुको मनोबल बढेमात्र पार्टी बलियो हुने बताउनु भएको छ । क्रियाशिल सदस्यता वितरण र नविकरणमा धेरै लापरवाही भएको बताउँदै गुटवन्दी, दवाव र प्रभावले पार्टी ध्वस्त भैसकेको उहाँको भनाई छ । पार्टीबाटै निर्वाचन जितेर बनेका प्रतिनिधिहरु जय नेपाल भन्न समेत अफ्ठेरो मानेकोभन्दै वडालाई बलियो बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।


नेपाली काँग्रेसलाई जिवन्त राख्ने हो भने तलदेखि माथी सम्मकै नेतृत्व सुध्र्रनुपर्नेमा नेता देवकोटाको जोड छ । पछिल्लो समय पार्टीका नेताहरुमा निराशाको बादल मडारिएपनि कार्यकर्ताहरुमा उत्साह जागृतै रहेको नेपाल प्रेस युनियन बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताउनु भएको छ । गुलरिया नगरसभापति ईन्द्रकुमार यादवले पार्टीका वडा सभापतिहरुलाई दायित्व निर्वाह गर्न अनुुरोध गर्नु भएको छ । यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी पौष २० गतेसम्म वडा सम्मेलन गर्न सबै वडाहरुलाई निर्देशन दिनु भएको छ । वडालाई पर्ने सहयोग गर्न नगर सधै तयार रहेको उहाँको प्रतिवद्धता छ ।

सम्बन्धित समाचार

Facebook Comments