बाँसगढी नगरपालिका भित्र ५९ किलोमिटर सडक कालोपत्रे
विन्दु चौधरी, २० माघ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका भित्र रहेका सबै सडकको ५९ किलोमिटर सडक कालोपत्रे भएको र ३५ किलोमिटर स्तरउन्नती भइरहेको नगर प्रमुख खडकबहादुर खडकाले बताउनुभएको छ । नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा नगरप्रमुख खड्काले यस्तो बताउनुभएको हो ।
उहाँले भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढि प्राथमिकता दिइएको बताउनुहुँदै नगरप्रमुख सडक मात्र नभई नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधारमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । जनतासँग सम्बन्धि योजनाहरु उपयुक्त छ, छैन भन्ने कुराको बढि चासो सबैमा हुनुपर्ने समेत बताउनुभयो । त्यस्तै नगरपालिकामा सोचे अनुसारको काम र प्रगति भइरहेको र देखिरहेको कुराहरु यथार्थ देखाउन समेत सबैलाई आग्रह गर्नुभयो ।
बाँसगढी नगरपालिका वार्ड नं ६ को वडा कार्यालयमा भएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गर्दै नगरपालिकाले चालु आवको हालसम्म ४२ करोड ८० लाख ६४ हजार ६९४ रुपैया आम्दानी प्राप्त गरेको छ । यसमा कुल बजेटको २६ दशमलव ९९ प्रतिशत खर्च भएको योजना तथा अनुगमन शाखा प्रमुख खडग बहादुर वलीले सार्वजनिक गर्नुभयो । यस्तै उहाँले नगरपालिकाले यस वर्ष पौष मसान्त सम्म एक करोड ८६ लाख ६८ हजार ४८३ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो पौषमसान्त सम्ममा एक करोड ३६ लाख ७६ हजार ९७७ रुपैया राजश्व सकंलन गरेको थियो । तुलनात्मक रुपमा यस वर्ष नगरपालिकाले ३६ दशमलव ५० प्रतिशतले राजश्व बृद्धि भएको उहाँले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । बाँसगढी नगरपालिकाको आयोजना तथा रेडियो गुर्वावा एफएमको सहजीकरणमा कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाईमा नागरिक प्रतिवेदन १५ जनासँग भरेको थियो, भने बहिर्गमन अभिमत ५१ जनासँग भरेको थियो । प्रतिवेदनमा सेवाको सन्तुष्टि, सेवाको नियमितता, सेवाको गुणस्तर, सेवा सम्बन्धी जानकारी, नागरिक वडापत्र, उजुरी पेटिका, गुनासो सुन्ने लगाएत सम्बन्धमा प्रश्न सोधिएको थियो ।
यसको नतिजा सहजीकरण गर्दै रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले संचालन गर्नुभएको थियो । नगरप्रमुख खडक बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रसासकिय अनिधृत नेवबहादुर वली, नगरभित्रका ९ वटै वडाका अध्यक्षहरु, कार्यपालिकासदस्य, वडासदस्यहरु, विषयगत शाखाका प्रमुख, कर्मचारी लगाएत सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।
सार्वजनिक सुनुवाइका सहभागिहरुले सडक निर्माणकार्यमा ढिलासुस्ती हुँदा जनताले सास्ती खेप्नुपरेको, राजश्वदर महङ्गो हुँदा जनताले लालपुर्जा पाउन नसकेको सडक कालोपत्रे टिकाउ हुन नसकेको, योजना सम्झौता अथवा भुक्तानीका लागि पटकपटक पालिकामा धाउनुपरेको खानेपानी व्यवस्थित हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको, फोहोरको उचित व्यवस्थापन हुन नसकेको लगायतका प्रश्न तथा जिज्ञासा राखेका थिए । नगरपालिकाका शेरबहादुर केसीले संचालन गरेको कार्यक्रमको स्वागत वार्ड नं ६ का वडाअध्यक्ष लालबहादुर क्षेत्रीले गर्नुभएको थियो ।
२२ °C काठमाडौं
Facebook Comments