• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
विद्याज्योति माविद्वारा उत्कृष्ट शिक्षकलाई सम्मानसँगै जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति 

दलबहादुर सुनार, १० माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा अवस्थित विद्याज्योति नमुना माध्यमिक विद्यालय कण्ठपुर बर्दियाले उत्कृष्ट शिक्षकलाई सम्मान र जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बसन्त पञ्चमी एवं सरस्वती पूजाको अवसर पारेर   विद्यालयले भव्य कार्यक्रमको आयोजना गरि सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गरेको छ ।

विद्यालयले दिएको जानकारी अनुसार शैक्षिक सत्र २०८१ को विषयगत उत्कृष्ट शिक्षकलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको हो । प्राथमिक देखि मावि स्तरसम्मका मूल विषय मा ८०% देखि १००% नतिजा  ल्याउन योगदान गर्ने शिक्षकलाई प्रति व्यक्ति नगद रु २ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको विद्यालयले जनाएको छ । सम्मानित हुनेहरूमा विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मी, शिक्षक दिपेन्द्रबहादुर सिंह, महेश्वरी जोशी, पुष्पराज पौडेल, घनश्याम रेग्मी, प्रभा केसी, अजय शर्मा, गोविन्द भण्डारी, मावि तहमा रहनुभएको छ ।

यसैगरी आधारभूत तर्फ पालिका स्तरीय परीक्षामा महेश्वरी जोश ी,कृष्णप्रसाद सुवेदी, विश्वनाथ चौधरी, माधव पौडेल र  स्थानीय पाठ्यक्रम अन्तर्गत तारा रोकाय सम्मानित हुनुभएको छ । प्राथमिक तह अन्तर्गत कृष्ण बहादुर रानाभाट, ग्रेड शिक्षक लक्ष्मी थापा, कर्मचारी फुलमती थारु र कुलबहादुर कार्कीलाई पनि सम्मान गरिएको छ । विद्यालयको स्वर्ण महोत्सवमा शिक्षक सम्मान अक्षयकोष स्थापनार्थ सहयोग गर्ने शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मानको कार्यक्रम गरी सम्मान गरेको छ ।

विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट ४३ जना उत्कृष्ट जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । जसमध्ये एक देखि पाँच कक्षासम्म अध्ययन गर्ने छात्रछात्र ७ जना यसैगरी ६ देखि ८ सम्मका ११ जना ९ देखि १० सम्मका २० जना र ११ देखि १२ सम्म अध्ययन गर्ने ५ जना  छात्र छात्रलाई नगद रु ५००, ७०० र १००० प्रदान  गरिएको थियो । विद्यालय मा स्थापना गरिएको रामबहादुर अक्षय कोष अन्तर्गत ६ जना रोशन रिजाल अक्षय कोषबाट १५ जना, विष्णुजित स्मृति अक्षय कोषबाट ८ जना विष्णुहरी पराजुली स्मृति अक्षय कोषबाट १४ जना गरी ४३ जना  जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताईएको छ । 

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघसंस्था सामुदायिक वन टोल विकास समिति, उद्योगी व्यवसायी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति लगायतका व्यक्तित्वहरू सबैलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । सरस्वतीको पूजा तथा सम्मान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष वसन्त सिंह ठकुरीको अध्यक्षतामा भएको थियो । 

बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले स्वागत र  सहायक प्रधानाध्यापक दिपेन्द्र सिंह ठाकुरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पुर्ब प्रधानाध्यापक, अभिभावक शिक्षक सङ्घका अध्यक्ष, पूर्व विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments