मुख्य निर्वाचन कार्यालय विधिवत रुपमा स्थापना
बिष्णु प्रसाद अधिकारी, २ माघ, बर्दिया । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि बर्दियामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बर्दियाको सदरमुकाम स्थित जिल्ला समन्वय समिति बर्दियाको प्राङ्गणमा मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १ र क्षेत्र नंं २ का लागि निर्वाचन अधिकृतको कार्यालय बर्दियाको राजापुरमा शुक्रवार स्थापना गरिएको छ ।
विसम परिस्थितीमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यालय खोलिएको मुख्य निर्वाचन अधिकृत तथा बर्दिया जिल्ला अदालतका न्यायाधिश मनोज श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगको निर्देशन बमोजिम अगामी निर्वाचनका लागि गर्नुपर्ने कामहरुको सुरुवात गरि मतदाता शिक्षाका लागि तयारी गरि कार्यान्वयनको चरणमा रहेको उहाँको भनाई छ ।
विगतका निर्वाचनहरुमा बर्दिया जिल्लामा छिटपुट घटना बाहेक सहज रुपमा निर्वाचन सम्पन्न भएको भएता पनि अहिलेको विषम परिस्थितीमा फागुन २१ गते हुन लागेको निर्वाचनमा सुरक्षा चुनौतीहरुको सामना गर्न तयारी अवस्थामा रहेको बर्दिया प्रशासनले जनाएको छ । निर्वाचनलाई सम्पन्न गर्नका लागि नेपाल सरकारले निर्वाचन सुरक्षा योजना अन्तर्गत रहि बर्दिया प्रशासनले पनि आफ्नो सुरक्षा तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनु भयो ।
बर्दिया जिल्लामा २०७९ सालको निर्वाचनमा ३ लाख ११ हजार मतदाता रहेकोमा २०८२ हुने प्रतिनिधि सभा निर्वाचनमा ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जानकारी दिएको छ । यस अघिको निर्वाचनमा बर्दिया जिल्लामा ३ सय ७६ मतदान केन्द्र रहेकोमा यस पटक ३ सय ८७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल बहादुर मल्लले जानकारी दिनुभएको छ ।
२३ °C काठमाडौं
Facebook Comments