कर्णाली नदीको निश्चित क्षेत्र माछा संरक्षण घोषणा
विष्णु प्रसाद अधिकारी, २५ पुष, बर्दिया । कर्णाली नदीको निश्चित क्षेत्रलाई माछा संरक्षण क्षेत्र घोषणा गरिएको छ । नदीमा रहेका जलचर प्राणीको अस्तित्व जोगाउन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
नदीमा रहेका जलचर प्रजातीको अस्तित्व कायम गर्न स्वच्छ जलचर प्रभाव, प्राकृतिक नदि तटिय संरचना र यसको संरक्षणका साथै समुदायको परम्परागत सहअस्तित्व कायम गर्न राजापुर नगरपालिका र टिकापुर नगरपालिकाले नेपालको पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्ला र सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको सिमाना जोडिएको राजापुर नगरपालिका र टिकापुर नगरपालिकाका प्रमुखद्धयले नेपालमा नै पहिलो पटक कर्णाली नदिको राजापुर नगरपालिका अन्तर्गत वडा नं. ३ दक्षिण टेडियाघाट देखि वडा नं. ४ छेदियासम्म र टिकापुर नगरपालिका अन्तर्गत वडा नं. ८ फाँटा देखि अर्नहवाघाट सम्मको क्षेत्रलाई स्थानीय पालिकाले अपनत्व लिदै माछा संरक्षण क्षेत्र घोषणा गरेका हुन् ।
२१ °C काठमाडौं
Facebook Comments