बढैयाताल स्थित एक माछा पोखरीमा युवाको शव
दलबहादुर सुनार, २३ पुष, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ दैलेखी टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । स्थानीय सोही टोलका प्रकास भन्ने अन्दाजी ३७ खमान सिंह सार्कीको शव मंगलवार एक माछा पोखरीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखि टोलमा फ्रेस हाउस सञ्चालनगर्दै आएका उनी शिवहरी रानाभाटको सानो माछा पोखरीमा मृत अवस्थामा भेटिएका हुन् । स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि मृतक सार्की दाजुसँगै बस्दै आएका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शव पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
२३ °C काठमाडौं
Facebook Comments