• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
बाँसगढीका भूमिहिन तथा अब्यवस्थित बसोवासीलाई लालपूर्जा 

विन्दु चौधरी, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नम्वर ६ का भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्वर ६ ले आयोजना गरेको कार्यक्रममा बाँसगढी नगर प्रमुख खडक बहादुर खड्का र वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले संयूक्त रुपमा निस्सा वितरण गर्नुभएको हो । 


बाँसगढी नगरपालिका वाड नं ६ मा ७ सय १९ जनालाई निस्सा वितरण गरिएको वडा नम्वर ६ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्काले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभयो । धेरै वर्षदेखि समस्याको रुपमा रहदै आएको भुमिहिन सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण भएसंगै अव तत्कालै नापजाँचको काम शुरु गर्ने र आगामी २०८१ कार्तिकसम्ममा सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख हुने प्रमुख खड्काले जनाउनु भएको छ । 


उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । बाँसगढी नगरपालिका वाड नं ६ का वडाध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्य लगायत वाडबासीहरुको उपस्थिती रहेको थियो । यसभन्दा पहिले बाँसगढी नगरपालिका वार्ड नं १ र २ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार

Facebook Comments