• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
ज्येष्ठ नागरिकहरूको लागि राज्य गम्भीर भएन 

दलबहादुर सुनार, पुष १२, बढैयाताल (बर्दिया) । पशुपति शान्ति शिवालय  सुधामा वृद्ध सत्संग समूह बढैताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारले एक्काइसौँ वार्षिक साधारण गरेको छ । वृद्ध वृद्धाहरूलाई अपमान होइन सम्मान गरौं भन्ने मूल नाराका साथ सत्संग समूहले भव्य रूपमा साधारण सभा सम्पन्न गरेको हो । 

सत्संगका अध्यक्ष दामोदर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एवं बढैयाताल  गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले साधारण सभाको दिनलाई महत्वपूर्ण दिनको रुपमा लिएको बताउँदै संस्थालाई प्रभावकारी रुपमा विकास गर्नका लागि सबैको साथ र सहयोग आवस्यक रहेकोमा जोड दिनुभयो ।   

वृद्ध भएपछि सबै आउने ठाउँ भनेको वृद्ध सत्संग भएकोले यसको सबै मिलेर जगेर्ना गर्न जरुरी रहेको बताउँदै सत्संगको लागि पालिकाबाट हुनसक्ने सहयोगको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष टुकराज घिमिरेले सत्संगको विकासको लागि योगदान गर्ने सबैलाई धन्यवाद दिँदै ज्येष्ठ नागरिकहरूको लागि राज्य गम्भीर नभएको आरोप लगाउनु भएको छ । 

अन्य पालिकाहरूमा र अन्य जिल्लाहरूमा ज्येष्ठ नागरिकहरूको लागि स्थानीय सरकारले धेरै कार्यक्रम सहितको ज्येष्ठ नागरिक मैत्री काम गरेको बताउँदै बढैयाताल गाउँपालिकाले ज्येष्ठ नागरिकको बारेमा गम्भीर नभएको उहाँको गम्भीर आरोप छ  । संस्थापक अध्यक्ष समेत रहनु भएका घिमिरेले संस्थाको वृद्धि विकासको लागि आफू जिम्मेवार पदमा नरहेपनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा नियमित रूपमा सत्संगमा आउनुहुने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।  स्थापनादेखि हालसम्म ८६ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको  सत्सङ्घले जनाएको छ । सत्संगका अनुसार चारजना ज्येष्ठ नागरिक नियमित रुपमा बस्दै आउनु भएको छ ।  एक्काइसौँ साधारण सभाको अवसरमा जेष्ठ नागरिक जिल्ला संघ बर्दियाका सचिव यदुनन्दन पौडेल, पूर्व शिक्षक एवं ज्येष्ठ नागरिक नरेन्द्रराज लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments