राजापुरको मुरैया शाखा कुलो जल उपभोक्ता समितिको अध्यक्षमा छुनुकलाल निर्वाचित
पुरुषोत्तम खनाल, ०८ पुष, बर्दिया । बर्दियाको राजापुरमा रहेको मुरैया शाखा कुलो जल उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि छुनुकलाल थारु पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको पहिलो अधिवेशनले अध्यक्ष लगायतको समिति निर्विरोध निर्वाचित गरेको हो ।
थारुले आफूलाई पुनः अध्यक्षमा चयन गर्ने मुरैया, इन्दैपुर, रजपुरुवा, वसन्ता र शान्तिपुर सेवा क्षेत्रका किसानको आवश्यकता अनुसार कुलापानी समितिलाई लैजाने बताउनु भयो । त्यस्तै प्रबन्ध समितिको उपाध्यक्षमा राम दुलारी थारु, सचिवमा टिका बहादुर देवकोटा (इन्द्र), सह सचिवमा भवानी प्रसाद जैसी र कोषाध्यक्षमा राजेन्द्र प्रसाद चौलागाई चयन हुनु भएको छ । सदस्यहरुमा अशोक बहादुर थारु, राम कुमारी थारु, तुला बहादुर थारु, र पार्वती थारु चयन हुनु भएको छ ।
विधान दर्ता तदर्थ समितिका अध्यक्ष छुनुकलाल थारुको अध्यक्षतामा गरिएको कार्यक्रमको विशिष्ट अतिथि राजापुर सिँचाई व्यवस्थापन कार्यालयका प्रतिनिधि हरिष तिरुवा, योजना कार्यान्वयन व्यवस्थापन समन्वय (पीआई एमएसका समाजशास्त्री देवीलाल पाण्डे, कृषि विज्ञ सत्यनाराायण मण्डल, बरघर धनीराम थारु, कार्यसमिति पदाधिकारीहरु, समाजसेवी, बुद्धिजीवि, सामाजिक सहजकर्ता साधन भगोरिया र यशोदा थारु लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
सचिव देवकोटाले स्वागत मन्तव्य राख्नु भएको साधारण सभाको उद्घाटन व्यानर वाचन गरी सिँचाई कार्यालयका प्रतिनिधि तिरुवाले गर्नु भएको थियो । बडघर, पीआई एमएसका प्रतिनिधि मण्डल लगातयतले कुलापानीको महत्व र अग्रजले जोगाएको संरचना हामीले संरक्षण गर्न लागेको भन्दै सबल सक्षम नेतृत्वले समिति सञ्चालन गरोस् भनेर शुभकामना दिनु भएको थियो । मुरैयामा गुनासो निवारण क्षेत्र समिति (जीआरसी) समेत गठन गरिएको छ ।
कुलापानीमा देखिने गुनासो स्थानीय स्तरमा समाधान गर्न मुरैया शाखा कुलो जल उपभोक्त समितिका अध्यक्ष थारुको सभाध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिको अन्य पदाधिकारीमा सिँचाई कार्यालयका साइट इन्जिनियर, वडाध्यक्ष, बडघर, सहजकर्ता, अगुवा कृषक र प्रभाावित क्षेत्र समेटेर समिति निर्माण गरिएको हो । समितिको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष थारुले कुलामा पानी सञ्चालन गर्न निकै चुनौति रहेको बताउनु भएको छ ।
सिँचाई कार्यालय, उपभोक्ता र समिति मिलेर अति आवश्यक परेको स्थानमा बजेट दिनुपर्ने र यसका लागि सबै उपभोक्ता सक्रिय भएमा आफू सदैव अघि रहेर किसानको सेवा गर्ने वताउनु भयो । साधारण सभाामा सेवा क्षेत्र रहेको मुरैया इन्दैपुर, रजपुरुव, वसन्ता र शान्तिपुरका सेवाग्राही उपस्थित रहेको भव्य कार्यक्रमको सञ्चालन पुरु खनालले गर्नु भएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments