• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
साझा मञ्चका दलित महिला जनप्रतिनिधिलाई तालिम

मुरली गोडिया, पुष ०७, गुलरिया (बर्दिया) । बर्दियाका दलित महिला जनप्रतिनिधीलाई काम, कर्तव्य र अधिकारमा प्रष्टता ल्याउन तालिम प्रदान गरिएको छ । दलित महिला संघ बर्दियाले जिल्लाका ८ ओटै पालिकामा कार्यरत दलित महिला वडा सदस्य, कार्यपालिका सदस्य लगायत दलित महिला जनप्रतिनिधीलाई सदरमुकाम गुलरियामा २ दिने क्षमता विकास तालिम प्रदान गरेको हो । 

अधिवक्ता इमान सुनारले जन प्रतिनिधीहरुलाई उनिहरुको जिम्मेवारी बोध, नागरिक संगको प्रस्तुति तथा वडा देखी नगर सम्म उनिहरुको भुमिका विषयमा प्रष्टता ल्याउने गरि तालिम प्रदान गर्नु भएको छ । विगत लामो समय देखी दलित महिला संघले दलित महिलाहरुको लागी हक अधिकारको वकालत गर्दै समाज बाट जातिय छुवाछुत एवं भेदभावको अन्त्यका लागि पैरवीगर्दै आएको छ । केही साता अघि संघको अगुवाईमा दलित महिला जनप्रतिनिधीको साझा मञ्च समेत गठन गरिएको थियो । 

जिल्लाका ८ ओटै पालिकामा कार्यरत दलित महिला जनप्रतिनिधीको एकै थलोका रुपमा संगठित गर्न र उनिहरुको हक अधिकार एवं समन्वयका लागी पैरवी गर्न मञ्च गठन गरिएको थियो । सोही मञ्चमा आवद्ध जनप्रतिनिधीहरुले २ दिन सम्म तालिम प्राप्त गरेको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले जानकारी गराउनु भयो । तालिमले महिला जनप्रतिनिधीहरुलाई पालिकामा दलित मैत्री निती, योजना र बजेट निर्माणमा सशक्त भुमिका हुने सुनारले विश्वास व्यक्त गर्नु भयो । 

दलित महिला संघले विगत देखी नै दलित महिलाहरुलाई उनिहरुको हक अधिकारका साथै आर्थिक उपार्जन र राजनितीमा नेतृत्वदायि भुमिकामा पु¥याउन पहल गर्दै आएको बढैयाताल गाँउपालिका वडा नम्बर ३ की वडा सदस्य तथा कार्यपालिका सदस्य  चन्द्रकला विकले अनुभव सुनाउनु भयो । संघको सक्रियताकै कारण दलित महिलाहरु स्थानिय सरकार समक्ष आफना कुराहरु राख्ने गरेका उहाँको जोड थियो ।

सम्बन्धित समाचार

Facebook Comments