• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
मयुरकप फूटवलको उपाधी जयकालिका मावीले जित्यो

दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । प्रथम यू १८ बढैयाताल स्तरीय मयुरकप फुटबल  प्रतियोगिताको उपाधी जयकालिका माध्यमिक विद्यालय मुनालवस्तीले हात पारेको छ । बर्दिया एकेडेमीलाई ३–२ गोल अन्तरले पराजीतगर्दै जयकालिकाले बाजी जितेको छ ।

पहिलो हाफमा दुवै टीमले १÷१ गोल जोडेका थिए । दोस्रो हाफमा जयकालिकाको तर्फबाट थप २ गोल गर्दा बर्दिया एकेडेमीले थप १ गोल फर्काएको थियो । जय कालिकाका शिसिर रावत सर्वोत्कृष्ट खेलाडी घोषित भए । धेरै गोल गर्ने जयकालिकाकै शुसान्त थापामगर, उत्कृष्ट गोल रक्षक जयकालिकाका शिसिर रावत, उत्कृष्ट डिफेण्डरमा बर्दिया एकेडेमीका आलोक थारु, उदयमान खेलाडी जनप्रिय माविका आरएन हमाल र मिड फिल्डरमा जयकालिकाका अरुण चलाउने घोषित भएका छन् । 

बिजेता तथा उप बिजेता टीम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भुवनेस्वर चौधरीले पुरस्कार हस्तान्तरण गर्नु भएको छ । खेलाडीको प्रर्बद्धनका लागि प्रदेसबाट जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको प्रदेस सांसद चौधरीले प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । मयुर युवा क्लबका अध्यक्ष तारानाथ ज्ञवालीको अध्यक्षतामा समापन कार्यक्रम गरिएको थियो । राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद भन्ने मुलनाराका साथ फूटवल प्रतियोगिता मंसिर २९ गतेदेखि शुरु भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments