• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बर्दियामा मानसिक शान्तिसँगै खुशीको लागि राजयोग मेडिटेशन 

केशव कोईराला, पुष ०२, बर्दिया । ब्रह्मा कुमारी इश्वरिय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालद्वारा बर्दियाको बाँसगढी, गुलरिया लगायत राजापुरमा मानसिक शान्ति एवं खुशीयाली जीवनका लागि १ दिने राजयोग मेडिटेशन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घलेले राजयोग मेडिटेशन सम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले ध्यान अभ्यास मार्फत मानसिक तनाव कम गर्ने, सकारात्मक सोच विकास गर्ने र आत्मिक शान्ति प्राप्त गर्ने विषयमा सहभागीहरूलाई मार्गदर्शन गर्नुभएको थियो ।

कार्यक्रमहरुमा क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्मकुमारी दुर्गा दिदीको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा दुर्गा दिदीले राजयोग मेडिटेशनले व्यक्ति, परिवार तथा समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मेडीटेशन कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको प्रतिक्रिया व्यक्त गरेका थिए । यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने राजापुर सेवाकेन्द्र प्रमुख ब्रह्माकुमारी सपना दिदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments