• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
पालिकासँग समन्वयगर्दै डिभिजन बन कार्यालय 

हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकामा स्थानीय तहसँग मानव वन्यजन्तु द्वन्द न्युनिकरण सम्बन्धि कार्यक्रम गरिएको छ । डिभिजन बन कार्यालय बर्दियाको आयोजनामा राजापुर नगरपालिकामा सचेतनात्मक बैठक गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिकाका  नगरप्रमुख दिपेश थारुले वन ऐनले गर्दा विकासहरुमा धेरै अवरोध गर्ने गरेको बताउनु भयो । ऐनका कारण विकास हुने काम पनि पछाडि परेपनि समन्वयबाट प्रकृया अगाडि बढाएका छौ । वन, वन्यजन्तुबाट पीडित भएका राहतका लागी विभिन्न निकायहरूमा आवाज उठाउदै आएको नगरप्रमुख थारुले बताउनु भयो । वन संरक्षणलाई आय–आर्जनसँग जोडेर लग्नुपर्नेमा उहाँको जोड छ । डिभिजन वन कार्यालय बर्दियाका कार्यक्रम सबै मधुवन र ठाकुरबाबा केन्द्रित रहेको बताउँदै नगरप्रमुख थारुले राजापुर नगरपालिकालाई पनि महत्वमा पार्न अपिल गर्नु भयो । राजापुर नगरपालिकाले संरक्षण गरेको छ, गर्ने उहाँको प्रतिबद्धता छ । 


आगामी दिनमा पनि डिभिजन वनसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्तगर्दै स्थानीय कच्चा पदार्थलाई आय–आर्जनसँग जोड्नु पर्नेमा विशेष जोड दिनु भएको छ । डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल अधिकृत प्रवीण विडारीले वन्यजन्तुलाई ब्यवस्थापन गर्न धेरै माग आउने गरेको भएपनि डिभिजन वन कार्यालयसँग दक्षता, टुलको अभावमा समस्या पर्ने गरेको बतानउनु भयो । बर्दिया राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषसँग समन्वय र सहजीकरण गर्दै वन्यजन्तु ब्यवस्थापनगर्दै आईरहेको उहाँको भनाई छ । 


वन, वन्यजन्तु सम्बन्धि कुनै सूचना भएमा सम्बन्धित डिभिजन बन कार्यालय वा सम्बन्धित सब–डिभिजन कार्यालयमा सुचना दिन आग्रहगर्दै सहकार्य र समन्वय गरि बन कार्यालय अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कायक्रममा राजापुर नगरपालिकाका वडा अध्यक्षहरु, खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ का अध्यक्ष, खैरी सामुदायिक वन समन्वय समितिका सचीव नारायण बहादुर शाही र खैरी प्रहरी चौकीका इन्चार्ज सहभागी हुनुहुन्थ्यो । डिभिजन बन कार्यालय प्रमुख प्रविण विडारीको अध्यक्षतामा भएको कार्यक्रम डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक बहादुर गुरुङले संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments