• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बर्दियाको राजापुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते 

केशव कोईराला, मंसिर २९, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ स्थित शान्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमवार बेलुकी भएको मोटरसाईकल दुर्घटनामा दुई जना घाईते भएका छन् ।

द्र्रुघटनामा परी राजापुर नगरपालिका वडा नम्बर ९ निवासी २३ वर्षीय सरोज चौधरी र राजापुर ४ निवासी विकास सिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजापुर बजारबाट गोडियाना तर्फजाँदै गरेको सरोज चौधरीले चलाएको सुपप्र ०१–००८ प ९४०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका विकास सिंह ठकुरीले चलाएको सुपप्र ०१–०११ प ५४४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा घाइतेमध्ये विकास सिंह ठकुरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments