बर्दियाका सबै स्थानियतहमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति बनाईने
चुरेकुञ्ज, मंसिर २६, गुलरिया (बर्दिया) । बर्दियाका सबै स्थानीय तहमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी स्थानीय समिति गठन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा शुक्रवार बसेको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) नियमावली (संशोधन) २०६५ को नियम ६ (१) वमोजिम जिल्ला समिति बर्दियाको वैठकले स्थानिय समिति गठन भएका पालिकामा कम्तिमा ३ महिनामा १ पटक वैठक बस्ने र समिति नभएका पालिकामा समिति बनाउने लगायतका निर्णयहरु गरेको हो ।
त्यस्तै समितिले जिल्लामा हालसम्म मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धमा जिल्लाको वर्तमान अवस्थाको जानकारी एवम् देखिएका समस्याहरुको बारेमा छलफलगर्दै पूर्व भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा गरेको छ । मानव बेच बिखन तथा ओसार पसार (नियन्त्रण) ऐन तथा नियमावली बमोजिम बर्दिया जिल्लाको विभिन्न स्थानबाट उद्दार गरी पुनःस्थापना केन्द्रमा राखिएका ब्यक्तीहरुको परिचय खुल्ने कागजातहरु राख्ने र कागजात नभएमा त्यस्ता कागजात बनाउनका लागि सम्वन्धित निकायसँग आवस्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनु भएको छ ।
मानव बेचविखन तथ ओसार पसारका बिरुद्ध जिल्लामा कार्यरत संघ संस्थाहरुको विच समन्वय कायम गर्न जिल्लाभित्र नगर क्षेत्रमा कामगर्ने संघ संस्थाहरुको विवरण माईती नेपाल र शान्ति पुनस्थापना गृहले संकलन गरी आगामी वैठकमा पेश गर्ने निर्णय भएको छ । मानव बेचबिखन सम्बन्धी काम गर्ने सबै सरकारी तथा गैर सरकारी कार्यालय संघसंस्थाहरुले स्थानीय सुरक्षा निकाय र स्थानिय तहहरुसँग समन्वय र सहकार्य गरी समन्वयात्मक एवम् प्रभावकारी रुपमा परिचालित हुने निर्णय भएको प्रजिअ हमालले बताउनु भयो ।
वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी, गुलरिया तथा मधुवन नगरपालिकाका उपप्रमुखहरु, जिल्ला सरकारी वकील, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासंघ बर्दिया, माईती नेपाल, शान्ति पुःनस्थापना गृह, बाँके युनेस्को क्लव, सानाहातहरु लगायतका पदाधिकारीहरुको सहभागीता थियो । वैठकको सहजीकरण बाँके युनेस्को क्लवले गरेको थियो ।
२५ °C काठमाडौं
Facebook Comments